bardiyahospital

गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनु पर्छ : ओली

Geruwa GIF

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतान्त्रिक प्रणालीको दृढतापूर्वक पक्षपोषण गर्नुपर्ने बताउनु भएकाे छ ।

cld

१६औं गणतन्त्र दिवसका अवसमा सोमबार शुभकामना सन्देश जारी गर्दै ओलीले गणतन्त्र एउटा शासन प्रणाली मात्र नभएर सभ्यता, संस्कृति र सामाजिक जीवन पद्दति समेत भएको बताउनु भयाे। गणतन्त्रलाई अभ्यासद्वारा नै लोकप्रिय बनाउनुपर्ने ओलीको भनाइ छ।

इतिहासमा नेपाल गणराज्य नै भए पनि पछि सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताको आधारमा शासकहरु स्थापित हुने, वंश परम्पराले निरन्तरता र नेतृत्व पाउने तथा हुकुमबाट राज्य सञ्चालन गर्ने व्यवस्था सुरु भएको अध्यक्ष ओलीद्वारा सन्देशमा उल्लेख  छ।

वंशीय र हुकुमी शासनलाई प्रत्यक्ष नभोगेको आजको पुस्ताले सामन्ती राजतन्त्रभित्र हुने कपटपूर्ण खेल, हत्याकाण्डहरुबाट गद्दि हत्याउने, राज्य टुक्र्याएर भाइभाइबीच अंशबण्डा गर्ने र जनताका अधिकार खोसेर शासन थोपर्ने परिघटनालाई इतिहासमा मात्र अध्ययन गर्न पाएको ओलीको भनाइ छ।

लोकतान्त्रिक आन्दोलनको ऐतिहासिकता नबुझेका वा निरंकुशतन्त्रमार्फत् राज्यस्रोत माथिको हालीमुहाली गुमेकाहरुबाट ‘लोतान्त्रिक व्यवस्थामा बेथिति हुन्छ, गणतन्त्रको कारण अख्तियारको दुरुपयोग भयो, भ्रष्टाचार बढ्यो’ भन्ने जस्ता मिथ्या प्रचार गरिएको ओलीको भनाइ छ।

‘२००७ सालमा राणा शाहीको अन्त्य गरेदेखि नै गणतन्त्रको सपना देख्ने हामी नेपालीहरुले यसको तथ्यसंगत खण्डन गर्नु पर्दछ,’ ओलीले सन्देशमा भन्नुभएकाे छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.