bardiyahospital

मानव वन्यजन्तु द्वन्द्व समस्या पहिचान र समाधानको उपाय विषयक अन्तरक्रिया

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । मधुवन नगरपालिकामा मानव वन्यजन्तु द्वन्द्व समस्या पहिचान र समाधानको उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल राष्ट्रिय महासंघको आयोेजना अन्तरक्रिया गरिएको हो ।
मानव बस्तीसँग जोडिएको सामुदायिक वनलाई वन्यजन्तुले वास स्थानको रुपमा विकास हुदै आएको छ । जसका कारण मानव र वन्यजन्तुको बिचमा द्वन्द्व हुदै आएको छ । जंगली जनावरको आक्रमणबाट मानिसको मृत्यू हुने, घाइते हुने, घरपालुवा जनावर मार्ने खाने, बालीनाली खाइदिने, बालीनाली नष्ट गरिदिने, जस्ता समस्या भोग्दै आएका छन्

प्रतिनिनि सभा सदस्य शान्ति थारुले बर्दिया बर्दिया राष्ट्रिय निकुञ्ज र वनसँग जोडिएको जिल्ला भएकोले समस्या, चुनौती र अवसर उत्तिकै भएको बताउनु भयो । सांसद थारुले भन्नुभयो, ‘जंगली जनावर गर्दा स्थानीयले समस्या भोग्दै छन् । यसको दीर्घकालिन समाधान गर्न कानुनमा संसोधन गर्न जरुरी रहेको र जनावबाट हुने हानी नोक्सानीको बारेमा संसदमा आवाज उठाएको छु । संरक्षण गरेकोे समुदायले वनबाट फाइदा लिनुको साथै स्थानीयको जीवन स्तरमा सुधार हुने खालका कार्यक्रम गर्नुपर्छ ।’ उहाँले स्थानीयको मर्म भावना अनुसार ऐन कानुन संसोधन हुनुपर्नेमा जोडदिनु भयो ।

cld

बाग्मती प्रदेशकी सांसद भारती पाठकले मानव र वन्यजन्तुको बीचमा हुने द्वन्द्वको पहिचान गरी दीर्घकालीन रुपमा द्वन्द्व व्यवस्थापन हुनुपर्ने बताउनु भयो । सासद भारतीले सामुदायिक वनमा कतै बाघबाट पीडित भएको कतै बाँदरबाट पीडित भएको कतै बदेँलबाट पीडित भएको उल्लेख गर्दै हरेक ठाँउमा फरक खालको समस्या भएकोले स्थानीय तह, प्रदेश सरकार र सघीय सरकारको बीचमा समन्वय र सहकार्य गरेको दीर्घकालीन रुपमा द्वन्द्व व्यवस्थापन हुने योजना निर्माण गर्नुपर्ने बताउनु भयो ।

लुम्बिनी प्रदेशकी सांसद मालती सोडारीले स्थानीयको दैनिकी वनसँग जोडिएको भएपनि वनसँगको निर्भरता कसरी कम गर्ने भन्ने खालका कार्यक्रम आवश्यक रहेको बताउनु भयो । उहाँले वैकल्पिक उर्जाको व्यवस्थापन गर्ने, जंगलमा घाँस काट्न जान नपर्ने खालका घाँस रोप्ने जस्ता कार्यक्रम गर्ने र स्थानीयलाई सीप मूलक कार्यक्रम दिएर बजारको व्यवस्थापन गर्नु पर्नेमा जोडदिनु भयो । साथै संसदमा जनताको हक अधिकारको निम्ति बोल्ने बर्दिया समृद्ध बनाउन आफ्नो तहबाट लाग्ने उहाँले बताउनु भयो ।
कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेजबहादुर भाट, ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख विना भटराई, डिभिजन वन कार्यालयका प्रमुख प्रविण विडारी, लगायतले ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.