
प्रकाश पौडेल, गुलरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बर्दियामा आगामी वर्ष १ लाख पर्यटक भित्रयाउने गरी कार्ययोजना बनाएर आफूले लाग्ने बताउनु भएको छ । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा ठाकुरद्वारा आयोजित कार्यक्रममा संबोधन गर्दै मुख्यमन्त्री चौधरीले सो कुरा बताउनु भएको हो ।
‘पर्यटन र हरित लगानी’ भन्ने नारा सहित बर्दियाको ठाकुरद्वारामा आज आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्रीले चौधरीले प्राकृतिक र सांस्कृतिकको दृष्टिकोणले बर्दिया पर्यटन विकासको सम्भावना बोकेको जिल्ला भएकोले यसको प्रचार प्रसार गर्न सबै लाग्नु पर्ने बताउनु भयो । उहाँले पर्यटनसँग गरीब, किसान, कमैया, दलित, युवा, महिला सबैलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा पर्यटन व्यवसायीले सोँच्न जरुरी रहेको बताउनु भयो ।


मुख्यमन्त्री चौधरीले साँस्कृतिक हवकोे रुपमा विकास गरेर कलाको माध्यमबाट कलाकारको आर्थिक आर्यआर्जन हुने काम गर्न होटलव्यवसायीलाई आग्रह गर्नु भयो । उहाँले भन्नुभयो, ‘लुम्बिनी प्रदेशको विकास आर्थिक विकास नगरेर हुँदैन । हरेक घरघरमा २५÷३० हजार रुपैयाँ जबसम्म कमाउने बनाउन सक्दैँनौ तबसम्म विश्राम लिदैनौँ ।’
बर्दियाका पाँच पत्रकार सम्मानित
कार्यक्रममा पालिकाले सम्पादन गरेको विभिन्न कार्यहरुको जानकारी आम समुदायसँग पुर्याउन र विभिन्न पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा महत्वपूर्ण योगदान गरेको भन्दै पालिकाले पत्रकारलाई सम्मान गरेको छ । सम्मानित हुनेमा कान्तिपुर दैनिकका कमल पन्थी, नेपाल टेलिभिजनका डिलप्रकाश गौतम, अन्नपूर्ण पोष्ट दैनिकका यादव आर्चाय, न्युज २४ टेलिभिजनका ज्योतिकुमार पन्थी र रेडियो टाइगर एफ.एमका भावुक योगी हुनुहुन्छ ।
कार्यक्रममा थारु भेषभुष नाच, लाखे नाच, झाँकी लगायत सांस्कुति झल्कने सांस्कुतिक कार्यक्रम देखाइएको थियो ।


