bardiyahospital

नेकपा (एस) को मेची महाकाली अभियान २४ गते गुलरिया आइपुग्ने

Geruwa GIF

कुष्णसार अनलाइन, गुलरिया । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) कोे मेची महाकाली राष्ट्रिय जागरण अभियान असोज २४ गते गुलरिया आइपुग्ने भएको छ । अभियानको माध्यमबाट जनजीविकाको सवालमा सरकारलाई जनदवाव गर्ने नेकपा (एकीकृत समाजवादी) बर्दियाका अध्यक्ष प्रेमप्रसाद पोख्रेलले बताउनु भयो ।

उहाँले जिल्लामा रहेका ५१ प्रतिशत किसानका लागि सहज रुपमा मल वीउवीजन उपलब्ध गराउन सरकारलाई अभियानबाट जनदवाव सृजना गर्ने बताउनु भयो । वर्तमान सरकारले राष्ट्रियताको रक्षा, महंगी नियन्त्रण, दैनिक जनजीवनको सवालमा काम गर्न नसकेको, काममा हुने ढिलासुस्ती रोक्न नसकेको र भ्रष्ट्रचारीलाई कारबाही गर्न नसकेको आरोप लगाउदै यो अभियानले सरकारलाई जनपक्षीय काम गर्न दबाब दिने उदेश्य रहेको अध्यक्ष पोख्रेलले बताउनुु भयो ।

cld

जनजीविका सवालमा वकिल, शिक्षक, बुद्धिजिवी, कलाकार, सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्ने यसबाट प्राप्त गरेको सुझावलाई ग्रहण गरेर पार्टीको नीतिगत तहमा प्रतिवेदन पेश गर्ने पार्टी प्रचार विभाग प्रमुख तथा समाजवादी प्रेस संगठनका अध्यक्ष प्रताप गौतमले बताउनु भयो । उहाँले अभियानमा बर्दियाको पर्यटकीय क्षेत्र कुष्णसार, बढैयाताल,बर्दिया राष्ट्रिय निकुञ्ज लगायतको पर्यटकीय क्षेत्रलाई संघीय सरकारले प्राथमिकता तोकेर बजेट व्यवस्थापन गर्न सरकारको ध्यान आर्कषण गर्ने बताउनु भयो । उहाँले अभियानको क्रममा नदी नियन्त्रणका लागि सरकारसँग पर्याप्त बजेट माग गर्ने बताउनु भयो

गुलरियामा २४ गते कार्यक्रम हुने कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल सहितका केन्द्रीय नेताहरु सहभागिता रहने र २५ गते विहान राजापुर हुँदै अभियानका टोली कैलाली जाने कार्यक्रम रहेको अध्यक्ष गौतमले जानकारी दिनु भयो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.