bardiyahospital

गजल 

बिना शुल्क विज्ञापन गर्दिनलाई नमन मेरो

Geruwa GIF

लोकेन्द्र बञ्जारा 


बिना शुल्क विज्ञापन गर्दिनलाई नमन मेरो ।
चर्चा गर कुरा काट उचाइ बढ्छ झन् मेरो ।। 

cld

रक्तचन्दनहरू यहाँ सलाम गर्ने गर्छन् मलाई,
घाँसहरू बटारिन्छन् क्या विरोध गर्छन् मेरो ।।

आफैँ आऊ हिम्मत गर चम्चाहरू नपठाऊ,
चम्चाबाट सेवा लिने छँदैछैन चलन मेरो ।।

कपाल काट्न मुम्बई पुग्छु अत्तर किन्न सिंगापुर,
हे आरिसे यस्तै छ है अचेल रहनसहन मेरो ।।

भगवान हो कि बञ्जारा हो भन्लान् पछि सन्ततिले,
यसैगरी गाउँदै गयौ भनेदेखि भजन  मेरो ।।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.