
_अधिवक्ता सोम खड्का
आयो मन्द सुगन्ध यो घरभरी, छायो उज्यालो नयाँ
फक्रियो पुष्प पवित्र आँगनमा, फेरयो ऋतुले काया ।
रम्यो स्निग्ध मिठासले हृदय यो, सुखद खुसी पढी
उड्छन् चरी समान आज नभमा, पङ्खालु आशा चढी ।।१।।

जीवन गति पार गरिँदै जाँदा, यात्रा पनि जोडिने
छायाँ र माया बोकेर नयनमा, बाटो पनि मोडिने ।।
धर्ती भिन्न भए पनि प्रकृतिले, आकाश एकै दियो
बाटो टाढै भए पनि समयले, सङ्कल्प एकै लियो।। २।।
पाउन् उच्च सफलता शिखर झैँ, इच्छाइएका कुरा
आशिर्वाद मिलोस् सँधै पुरा होउन, उड्दै नभमा पुरा ।
फुल्नु स्निग्ध भएर विश्व भरमै, भाषा नम्रै रहोस्
जस्तै वेग चलोस हुरी र हुन्डरी, निष्ठा सँधै नै रहोस्।।३।।
बाटो पर्खनु धैर्यले नयनमा, बोकेर आशा सदा
काया दुरै भए पनि हृदयमा, एकार्काका सर्वदा ।
फाट्छ कुहिरो र वित्छ रात पनि, आउँछ नयाँ बिहान
फर्किन्छन सब रङ उत्सव लिई, फर्किँदा भेट्ने दिन।।४।।
स्वस्ति, शान्ति बनोस् विशाल पथमा, हाँस हँसाउ सधैँ
शुभयात्राका आशिर्वादहरु यी, साथै रहुन् ती सँधै ।
नछोओस् कहिल्यै कुनै पिर् ब्यथाले, शान्त सपनाहरु
हृदयको आगनमा फुलिरहुन्, सुन्दर् जपनाहरु ।।५।।


