bardiyahospital

विश्व सिमसार दिवस वृक्षारोपण गरेर मनाइयो । 

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । विश्व सिमसार दिवस –२०८० को अवसरमा  वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालयको आयोजनामा मधुवन नगरपालिका –३ भकरैया तालमा वृक्षारोपण गरिएको हो । 

प्रत्येक वर्ष विश्व सिमसार दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको छ ।यसवर्ष ‘सिमसार मानव हितको आधार’ भन्ने नाराका साथ देशभर मनाइएको छ । विश्व सिमसार दिवसको अवसरमा वृक्षारोपण तथा पुनर्रोपण गरेर मनाइएको डिभिजन वन कार्यालयको वन अधिकृत एवम् सूचना अधिकारी द्रोणराज शर्माले बताउनु भयो ।

cld

सिमसार क्षेत्र चरा र पानीमा पाइने बोटविरुवाका लागि मात्र नभई मानवीय जीवनशैलीसँगै जोडिएकाले यसको संरक्षण गर्नुका लागि सबै जिम्मेवार भएर लाग्न जरुरी रहेको वन अधिकृत शर्माले बताउनु भयो

कार्यक्रमका डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारी,  मधुवन नगरपालिका –३ का वडा अध्यक्ष नारायण मल्ल, खाता सामुदायिक वन समन्वय समितका अध्यक्ष हरि गुरुङ लगायतको सहभागिताका कार्यक्रम भएको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.