bardiyahospital

यो हो अमेरिका पुस्तक विमोचन

Geruwa GIF

होमेन्द्र थापा बर्दिया। गुलरिया नगरपालिका ११ गणेशपुरका राजनीति र दर्शनशास्त्रको अध्येता अयोध्या प्रसाद श्रीवास्तवको तेस्रो कृति यो हो अमेरिका विमोचन भएको छ । भेरी साहित्य समाज बर्दिया शाखाद्वारा प्रकाशित गरिएको शाखाका सल्लाहकार श्रीवास्तवको कृति शनिवार गणेशपुरमा विमोचन गरिएको हो । 

cld

भेरी साहित्य समाज बर्दियाको आयोजनामा अध्यक्ष विष्णु प्रसाद मरासिनीको अध्यक्षतामा भएको यो हो अमेरिका नामक कृतिको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि केन्द्रिय अध्यक्ष हरि प्रसाद तिमिल्सिनाले विमोचन गर्नु भएको हो । विमोचन गरिएको कृति अर्थात पहिलो पुस्तकमा भेरी साहित्य समाज केन्द्रिय अध्यक्ष हरि प्रसाद तिमिल्सिना, बर्दियाका अध्यक्ष विष्णु प्रसाद मरासिनी, नेपाल पत्रकार महासंघ, बर्दियाका अध्यक्ष यादव प्रसाद आर्चाय, र लेखक अयोध्या प्रसाद श्रीवास्तवको संयुक्त हस्ताक्षर गरिएको छ । 

लेखक अयोध्या प्रसाद श्रीवास्तव अमेरिकामा बसेर जे देख्नु भयो, जे भोग्नु भयो, र आफ्नो जीवनका अनुभव, भोगाइ सम्पूर्ण विषयहरू समेटेर लेखिएको कृति शनिवार विमोचन हुँदा वहाँले सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिनु भएको छ । वहाँको यो हो अमेरिका नामक कृति हामी सबैको लागि एउटा ज्ञानवर्द्धक र अत्यन्तै उपयोग रहने देखिन्छ । 

वहाँले २०६९ सालमा शिलावती उपन्यास, २०७२ सालमा भगवान कस्ता छन् र कहाँ छन अध्यात्म दर्शन र यो हो अमेरिका गरी ३ वटा कृति प्रकाशन गर्नु भएको छ । तेस्रो कृति यो हो अमेरिका पुस्तक विमोचन कार्यक्रममा भेरी साहित्य समाज केन्द्रिय अध्यक्ष हरि प्रसाद तिमिल्सिना, भेरी साहित्य समाज बर्दियाका अध्यक्ष विष्णु प्रसाद मरासिनी, सचिव प्रभात सुवेदी, नेपाल पत्रकार महासंघ, बर्दियाका अध्यक्ष यादव प्रसाद आर्चाय, पत्रकारहरू र समाजसेवी बुद्धिजीविहरूको समेत सहभागिता रहेको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.