bardiyahospital

मन्दिरमा   सुनको बेलपत्र दान 

Geruwa GIF

 

ऋषि वाग्ले  कैलाली ।  टीकापुर नगरपालिका -७, सत्ती बजारमा अवस्थित पदम प्रकासेश्वर महादेव मन्दिरमा काठमाडौँका श्रेष्ठ दम्पतीले लाख रुपैयाँ बढी पर्ने सुनको बेलपत्र चढाएका छन्। काठमाडौँ बुढानीलकण्ठ निवासी कीर्तन श्रेष्ठको घरमा जन्मिएको सन्तानमा आखामा समस्या हुने गर्दथ्यो। उनको परिवारमा यो समस्या वंशाणुगत थियो। यस्तो समस्या अबको पुस्तामा नआओस् भन्ने मनोकामना का साथ श्रेष्ठ दम्पतीले केही वर्ष अघि यहा पुजा अर्चना गरी भाकल गरे। अहिले उनको छोरामा समस्या नदेखिएकोले उनीहरूको खुसीको सिमा नै छैन। यसरी उनको छोराको आखामा समस्या नभएपछि उनीहरू सपरिवार काठमाण्डौबाट आएर एकतोला सुनको बेलपत्र अर्पण गरेको कीर्तन श्रेष्ठ बताउँछन। 

cld

कैलालीको सत्तीमा भएको यो मन्दिर कहिले स्थापना गरियो ठ्याक्कै तिथि मिति त कसैलाई जानकारी नभएपनि यो मन्दिर एकदमै प्राचीन भएको जन विश्वास छ। त्रेतायुगमा भगवान परशुरामले पिता जमदग्रनको आज्ञापालन गर्ने क्रममा आफ्नी आमाको हत्या गरे पश्चात सो पाप बाट मुक्ति हुनका लागि मन्दिर स्थापना गरी पुजा अर्चना गरिएको जनविश्वास रहेको मन्दिर सरंक्षण समितिका अध्यक्ष बिदुरलाल कायस्थ बताउँछन्। बिक्रम सम्बत १९६५ माघ शुक्ल दशमीको अवसरमा राजा नरेन्द्र बिक्रमको कान्छी महारानी पद्मावती द्वारा वर्तमान यस मन्दिरको जिर्णोद्धार गरिएको सम्पदा सम्बन्धी केही पुस्तकमा उल्लेख गरिएको पाइएको मन्दिर संरक्षण समितिका सचिव भीम श्रीपालीले बताए । प्राचीनकाल देखि नै यो मन्दिर नेपाली भक्तजनका साथै भारतीय भक्तजनका पनि आस्थाका केन्द्र रहेको स्थानीयहरू बताउँछन । २०६७/६८ मा मन्दिर शतवार्षिकी मनाउँदा भारत उत्तराखण्डका पिठाधिश्वर जगतगुरु शंकराचार्य , माधव वाश्रमजी, महाराष्ट्र अन्तर्राष्ट्रिय व्यास आचार्य, स्वामी दिनदयाल महाराज लगायतले पछिल्लो समयमा मन्दिरको दर्शन गरेका छन भने प्राचीन कालमा भारतीय ऋषिमुनिहरू कैलाश- मानसरोवर दर्शन गर्न जाँदा यस मन्दिरमा पुजा अर्चना गरेर त्यसतर्फ प्रस्थान गर्ने गरेको स्कन्दपुराणमा समेत उल्लेखित छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.