bardiyahospital

एमाले जिल्ला अधिवेशन बैशाख १४ मा 

Geruwa GIF


यज्ञप्रसाद सापकाेटा,बर्दिया ।
नेकपा एमालेको जिल्ला अधिवेशन आगामी बैशाख १४ गते देखि सुरु हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटी बर्दियाको बुधबार  बसेको नवौँ बैठकले एमाले जिल्ला अधिवेशन बैशाख १४, १५ र १६ गते हुने निर्णय गरेको हो । 


नेकपा एमालेको बैठकले बैशाख ३ गते जिल्ला भरी प्रतिनिधि छनौट गर्ने भएको छ । प्रतिनिधि छनौट पश्चात बैशाख १४ गते देखि अधिवेशन सुरु हुने नेकपा एमाले बर्दियाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनु भयो । बैठकले अधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमिति बनाएको छ । अधिवेशनको प्रतिनिधि छनौटको मापदण्ड र क्षेत्रको निर्णय गरिएको छ । अध्यक्ष श्रेष्ठले पार्टीले हरेक पालिका देखि नै राजनीतिक प्रतिवेदन तयार गर्ने बताउनु भयो । अधिवेशनलाई भव्य सभ्य र पद्धति अनुसार सञ्चालनका लागि तोकिएको जिम्मेवारी र दायित्व सबैले बहन गर्न आग्रह गर्नु भयो । 

cld


कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले पोलिटब्युरो सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज लिला गिरीले सबै जना दशौँ जिल्ला अधिवेशनको तयारीमा लाग्नु पर्ने बताउनु भयो । अधिवेशन सफलता पूर्वक सम्पन्न गर्नका लागि सबैले आ आफ्नो जिम्मेवारी पुरा गर्नका लागि निर्देशन दिनु भएको छ ।उहाँले अधिवेशनलाई सकेसम्म पारदर्शी तरिकाले निश्पक्ष रुपमा  सहमतिको आधारमा निर्विरोध रुपमा नेतृत्व छनौट गर्ने । यदि कार्यकर्ताको माझमा जाँऊ भन्ने भयो भने हातेमालो गरेर स्वच्छ प्रतिस्पर्धामा अधिवेशन सम्पन्न गर्ने बताउनु भयो । 


बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि गिरीले यथास्थीतीबादी, प्रतिक्रियाबादी र  मुलुकको स्थिरता नचाहने तत्त्वलाई नेकपा एमाले घाँडो भएको बताउनु भयो । उहाँले भन्नु भयो –‘ एमालेलाई जसरी पनि तल पार्ने, साइजमा राख्नु पर्छ भन्ने हिसाबले उनीहरु लागेका छन् ।’
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रिय सदस्य लक्ष्मण ज्ञवाली, शोभा ज्ञवाली, भिम केसी, खड्क बहादुर खड्का उपस्थित हुनुहुन्थ्यो , त्यसैगरी नेकपा एमाले निर्वाचन आयोगका सदस्य विमला वि.क., प्रदेश कमिटी सहसचिव लिला राना लगायत प्रदेश सदस्यहरूको उपस्थिति रहेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.