bardiyahospital

 देशका आधिकांश स्थानमा वर्षाको सम्भावना 

Geruwa GIF

 काठमाडौँ  ।  देशभर मनसुनी वायुको प्रभाव रहेको छ  । मनसुनी वायुको प्रभाव बढेसँगै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र सुदूरपश्चिम प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम बुलेटिनको अनुसार , बिहीबार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  भने बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, र सुदूरपश्चिम प्रदेशका एक –दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

cld

त्यसैगरी राती कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक – दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । भने शुक्रबार पनि कोशी प्रदेश, गण्डकी प्रदेश  र सुदूरपश्चिम प्रदेशका  एक– दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको छ। 

भारी वर्षाको गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.