bardiyahospital

ठगीको आरोपमा कलाकार ‘ईकु’ पक्राउ

Geruwa GIF

काठमाडौं । कलाकार भिसामा युरोप पठाउने भनी विभिन्न व्यक्तिसँग रकम ठगी गर्ने सुलेमान शङ्कर ‘ईकु’ भन्ने सूर्यमान शङ्कर पक्राउ परेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार इकुले विभिन्न देशमा हुने नेपाली सांस्कृतिक कार्यक्रममा आवश्यक पर्ने कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भनी आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्मस् प्रा.लि. को नाममा ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा प्रति व्यक्ति १५ देखि २० लाख रुपियाँ रकम जम्मा गर्न लगाएका थिए ।

cld

भिसा प्रयोजनका लागि आवश्यक पर्ने बैंक स्टेटमेन्टलगायतका कागजातसमेत नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरुले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमका लागि तयारी हुँदैछ भनेर लामो समयसम्म झुलाई पीडितहरुसँग सम्पर्कविहीन रही ठगी कार्यमा संलग्न रहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

ललितपुर उपमहानगरपालिका वडा नं. २४, धापाखेल स्थायी वतन भएका र हाल काठमाडौं बस्ने ४० वर्षीय सूर्यमान शङ्करलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । -गाेरखापत्रबाट

online dubble sclaed
Leave A Reply

Your email address will not be published.