
बारबर्दिया,
कोरोना (कोभिड–१९) संक्रमण बढ्न थालेपछि बारबर्दिया नगरपालिकाले संक्रमण नियन्त्रण उपचारको लागि थप तयारी थालेको छ । देशभरी कोरोना संक्रमण बढेपछि नगर क्षेत्र कोरोना नियन्त्रण गर्न तयारी थालेको हो ।
संक्रमण बढेपछि नियन्त्रण गर्नका लागि स्वास्थ्य मापदण्ड लागु गर्न कडाई गरीएको छ । भने आर सी थारु मेमोरीयल नगर अस्पतालमा संक्रमितहरुको उपचारको लागि तयारी थालिएको छ । अपुग जनशक्ती थप, स्थास्थ्यकर्मीलाई विदा बस्न रोक लगाईएको छ । कोराना संक्रमितको उपचारका लागि वार्डको व्यवस्थापन, औषधी, अक्सिजन, एम्बुलेन्स लगाएतका साधनको व्यवस्थापन गरीएको छ । कोरोना संक्रमण सँग मिल्ने सामान्य लक्षण भएमा पनि कोरोना चेक गर्ने र होम आईसोलेसनमा राख्ने तयारी थालिएको छ ।


अस्पतालमा अपुग साधान तथा औषधीहरुको आपुर्तिका लागि बजेट विनियोजन गरीएको छ । दोस्रो लहरको बेलामा जस्तै तेस्रो लहरमा पनि बारबर्दिया नगरपालिकाले कोरोना संक्रमितहरुको लागि निःशुल्क औषधी गर्ने योजना अगाडी सारेको छ । यस बर्ष खरिद गर्नुपने औषधीहरु सबै खरिद गरीसकिएको बारबर्दिया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिल्ली राज शर्माले बताउनु भयो । उहाँले कोरोनाका विरामी र अन्य विरामीहरुको लागि औषधी अभाव नहुने गरी काम गरीरहेका छौँ ।
बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारुले कोरोनाको तेस्रो लहरको जोखिमलाई नियन्त्रण गर्नका लागि व्यापक तयारी थालिएको बताउनु भयो । कोरोना रोग संक्रमण नियन्त्रण र उपचारका लागि प्रचार प्रसार देखि अस्पतालालाई तयारी अवस्थामा राख्ने कार्य गरेको बताउनु भयो ।
अस्पताल विकास समितिका अध्यक्ष भागिराम चौधरीले कोरोना संक्रमित भएका विरामीहरुको उपचारका लागि अस्पताल पुर्ण रुपमा तयारी रहेको बताउनु भयो । उहाँले अस्पतालमा स्वास्थ्यकर्मी, अक्सिजन र औषधीको पुरा व्यवस्था गरेको बताउनु भयो ।


