
कृष्णसार अनलाइन । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपाल भरीका सम्पुर्ण भूमिहिन् सुकुम्बासी र अव्यवस्थीत बसोबासीहरूको समस्या एकैपटक समाधान गर्ने गरि काम गरिरहेको बताउनु भएको छ । उहाँले अब यी समस्याहरू पटक पटक नदेखिउन् भनेर अन्तिम पटकको लागि सबैलाई बासस्थान पुग्ने गरी जग्गा दिईने बताउनु भयो ।

बर्दियाको मधुवनमा आयोजना गरीएको तेस्रो मधुवन औद्योगिक व्यापारीक, कृषि,साँस्कृतिक तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै सो कुरा बताउनु भएको हो । प्रमुख समस्या भनेको जनताको बासको समस्या रहेको बताउँदै संविधानमा व्यवस्था भएबमोजिम सबैलाई समान अवसर दिनका लागि अन्तिम पटक जग्गाको व्यवस्था गर्ने बताउनु भयो । अब जग्गा वितरण दिन नपर्ने गरि व्यवस्थापन गरिने बताउँदै विगत्का आयोगले नपाएका अधिकार समेत अहिलेको आयोगलाई दिईने बताउनु भयो । सवै जिल्लाहरूमा आयोग गठन गर्ने कार्य भईसकेको बताउँदै अबको केही समयमा आयोगले कामको थालनी गने बताउनु भयो । अब भुमि अधिकारको लागि जनता लड्न नपर्ने बताउँदै अव्यवस्थीत बसोबासीहरुको लागि केही रकम राजश्व तिरेर जग्गाधनी प्रमाण पुर्जा दिने समेत व्यवस्था गरिने उहाँले बताउनु भयो ।

विगत्मा भएका नमिलेका ऐन कानुनहरु संसोधन गरेर अगाडी बढेको बताउनु भयो । जनताको हितमा नभएका अव्यवहारीक कानुनलाई परिमार्जन गरी सरकारले जनताको पक्षमा काम गरेको बताउँदै मन्त्री अधिकारीले यो सरकार जनता प्रति प्रतिवद्ध रहेको बताउनु भयो ।
बर्दियाको मधुवन नगरपालिकामा आज देखि सुरु भएको महोत्सव आगामी २५ गते सम्म सञ्चालन हुने छ । महोत्सवमा १ सय ५० स्टल रहेका छन् । जसमध्ये मधुवन नगरपालिकाका भित्रका व्यापारीले स्टल लिन चाहेमा ५० प्रतिशत छुट दिने ब्यवस्था गरिएको छ । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरु प्रस्तुति र विभिन्न जातजातिका पौराणिक भेषभुषा सहितको साँस्कृतिक झाँकी प्रस्तुत गरिएको छ ।



