bardiyahospital

 बर्दियामा यातायात कार्यालय स्थापना हुनुपर्ने सांसद खानको माग

Geruwa GIF

कृष्णसार अनलाइन । प्रतिनिधि सभाको बैठकमा बोल्दै  जनमत पार्टीका सांसद अब्दुल खानले बर्दियामा यातायात कार्यालय स्थापना हुनुपर्ने माग गर्नु भएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खानले यातायात कार्यालय स्थापना लागि सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराउनु भएको छ । उहाँले भन्नुभयो, ‘ बर्दिया ६० हजार भन्दा सवारी साधन हुँदा पनि यातायात कार्यालय नहुन गम्भीर कुरा रहेको छ । सवारी साधनको लाइसेन्स बनाउन, सवारी साधन नवीकरण गर्न तथा नामसारी गर्न  नेपालगञ्ज जानुपर्ने बाध्यता रहेको छ । यस्तो गम्भीर समस्या समाधान गर्न तत्काल यातायात कार्यालय स्थापना गर्नुपर्छ भनी सरकारको ध्यान आकर्षण गराउन चाहन्छु ।’

cld

त्यसैगरी सांसद खानले बर्दिया अस्पतालमा रहेको आईसीयू तथा अक्सिजन प्लान्ट सञ्चालन गरी स्वास्थ्य उपचारको लागि बाहिर जानुपर्ने वाध्यता अन्त्य गर्नुपर्ने माग समेत राख्नु भएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.