bardiyahospital

मलाई पनि हरेक प्रश्नहरूको जवाफ दिन आउँछ

गजल

Geruwa GIF

_अञ्जु स्मारिका 

गजल

cld

जसरी समय बदलियो त्यसरी नै बदलिन आउँछ।

 मलाई पनि हरेक प्रश्नहरूको जवाफ दिन आउँछ ।। 

 

 बाँचेकी छे मुस्कुराएकी छे भनेर अचम्म नहुनुस् 

अरे आउँछ मलाई  कृतिम हाँसो छर्किन आउँछ ।। 

 

आफ्नै पौरखको  सुगन्ध  लिनुको बेग्लै  मज्जा 

भन्न बिर्सिए हुँला सायद  आशुमा पौडिन आउँछ ।। 

 

दुनियाँको लाख र तिम्रो काखमा  फरक छ आमा 

जब एक्लो हुन्छु तिम्रो छाया मसँग उभिन आउँछ ।। 

 

 छलकपट, झुट र मीठो बोलीले बदनियत लुक्दैन 

टिक्दैन सम्बन्ध यसरी जसरी याद बल्झिन आउँछ ।। 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.