
प्रकाश पौडेल, गुलरिया । बर्दियामा प्रहरीले अफिम सहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार साँझ ५ बजे २१ किलो ५ सय ६७ ग्राम अफिम सहित दुई जनालाई पक्राउ गरेको हो ।
रत्न राजमार्ग अन्तर्गत बाँसगढी नगरपालिका –१ चेपाङमा प्रहरीले चेकजाँचका क्रममा लु ८० प १४६७ नम्बरको मोटरसाइकलमा सवार दुई जनालाई अफिस सहित दुईलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका –७ का ३७ वर्षीय भक्तबहादुर शाही र जिल्ला चितवन राप्ती नगरपालिका – ११ आरपानीका २७ वर्षीय कुमार वाइबा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताउनु भयो ।

उहाँले भन्नुभयो , ‘वाइबाले भिरेको कालो झोलाभित्र २२ वटा पोकामा २१ किलो ५ सय ६७ ग्राम अफिम फेला परेको छ । दुवै जनालाई पक्राउ गरी सोमबार अदालतबाट ५ दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय मोतिपुरमा राखी अनुसन्धान भइ रहेको छ ।’


