
बर्दिया । प्राचीन स्मारकसम्बन्धी कसुरमा चारजनालाई ११ महिना कैद सजायको फैसला भएको छ। बर्दिया जिल्ला अदालतका न्यायाधीश मनोज श्रेष्ठको इजलासले कसुर ठहर गर्दै ११ महिनाको कैद सजाय फैसला गरेको हो।
प्राचीन स्मारकसम्बन्धी कसुरमा न्यायाधीश क्षेष्ठको १ जेठको इजालसले भारतीय नागरिक ४९ वर्षीय जब्बार खान, गुलरिया नगरपालिका- ११ का २४ वर्षीय सञ्जय राढ, गुलरिया नगरपालिका- ११ का ३५ वर्षीय पप्पु सेख र गुलरिया नगरपालिका- ११ का ४३ वर्षीय शमशेर खानलाई जनही ११ महिना कैद र १० हजार जरिवानाको फैसला गरेको अदालतकी शाखा अधिकृत अमृता केसीले बताउनु भयाे।


