bardiyahospital

विद्यालय हाताभित्रको नहर, जोखिममा विद्यार्थी   

Geruwa GIF

प्रकाश पौडेल , गुलरिया । बर्दियाको  मधुवन नगरपालिका वडा – १  सूर्यपटुवामा रहेको त्रिभुवन माध्यामिक विद्यालयको हाताभित्र रहेका नहर खुल्ला भएपनि सरोकारवाला निकाय मौन रहेको छन् । 

आठ सय १५ जना विद्यार्थी रहेको  विद्यालयको हाताभित्र रहेको नहरको दुबै साइडमा विद्यालयको कक्षा कोठा रहेको छ । विद्यार्थीहरू सोही नहरको बाटो भएर कक्षाकोठामा जानेआउने गर्दछन्  । 

cld

बर्खा सुरु भएसँगै विद्यार्थी नहरमा खस्ने हुनकी भन्ने विद्यालयलाई चिन्ता हुने गरेको विद्यालयका प्राधानाध्यापक इन्द्रबहादुर सुनारले बताउनु भयो । ‘  पानी परेपछि नहरमा पानी  हुने  भए पनि अन्य समयमा नहरमा पानी हुँदैन तर विद्यार्थीहरू खेल्ने क्रममा नहरमा खसेर चोट पटक लाग्ने जोखिम रहेको छ । भने यस अघि दुईजनालाई विद्यार्थीलाई समेत चोट लागेको छ । विद्यालयमा रहेको करिब दुई मिटर मध्ये एक सय ५२ मिटर नहर लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय  गत वर्ष निर्माण गरेको छ । भने अझै ५० मिटर नहर अस्थायी प्रकृतिको रहेको छ । मन्त्रालय निर्माण गरेको सो नहर खुल्ला हुँदा विद्यार्थी डुब्ने तथा पानी नभएको समयमा पनि खसेर चोट लाग्ने जोखिम उतिकै रहेको छ । ’ उहाँले भन्नुभयो, ‘ विद्यालयमा रहेको करिब चार मिटर चौडाइ र करिब २ मिटर गहिराइ रहेको नहर माथि छोप्न सकियो भने पनि बालबालिकालाई सुरक्षित राख्न सकिन्छ ।’

मधुवन नगरपालिका –१ का वडा सदस्य तथा विद्यालय व्यवस्थापन विकास समितिका अध्यक्ष राम चरण थारूले  लुम्बिनी प्रदेश मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालयमा नहरलाई व्यवस्थापित गर्नका बजेट माग गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ मन्त्रालय बजेट पठाउने विषयमा सकारात्मक भएपनि बजेट पर्छ वा पर्दैन अझै अन्यौल रहेको छ ।’

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.