bardiyahospital

अस्पतालमा पहिलो पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे सेवा

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दिया अस्पताल गुलरियामा पहिलो पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे सेवा दिन थालिएको छ । अस्पतालमा रेडियोलोजिस्ट डाक्टर मोनु दहितबाट भिडियो एक्सरे सेवा दिन थालिएको हो । 

दैनिक सयौँको सङ्ख्यामा बिरामी आउने अस्पतालमा रेडियोलोजिस्ट विशेषज्ञबाट  सेवा पाउँदा स्थानीहरू समेत खुसी भएका छन् । विशेषज्ञ  नहुँदा भिडियो एक्सरे सेवा लिनका विशेषज्ञ खोज्दै नेपालगञ्ज, कोहलपुर लगायत अन्य ठाउँमा जानुपर्ने बाध्यताको अन्त्य समेत भएको छ । 

cld

बर्दिया अस्पतालका सूचना अधिकारी केशव न्यौपानेले चालु आर्थिक वर्ष २०८१÷०८२ को जेठ १५ गतेसम्म सात हजार नौ सय तीन जनाले, आर्थिक वर्ष २०८०÷०८१ नौ हजार, नौ सय ४५ जनाले आर्थिक वर्ष २०७९÷०८० मा ११ हजार आठ सय ७४ जनाले भिडियो एक्सरे सेवा लिएको जानकारी दिनुभयो ।  रेडियोलोजिस्ट विशेषज्ञ नहुँदा एम.डि.जिपी विशेषज्ञबाट भिडियो एक्सरे सेवा दिर्दै आएको उहाँले बताउनु भयो । 

रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर मोनु दहितले शरीरभित्रको अङ्गको तस्बिर खिच्नका लागि भिडियो एक्स–रे  गर्ने गरिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ भिडियो एक्सरे शरीरका विभिन्न अङ्गका जाँच गर्न मिल्छ । जस्तै पित्तथैली, कलेजो, पिसाब थैली, फियो, मृगौला, पाठेघर, डिम्ब, प्रोस्टेट, नवजात शिशुको मस्तिष्क, गर्भवती महिलाको जाँच , १८ हप्तादेखि २२ हप्ताको  anomaly scan  र हातखुट्टाको नशा जाँच लगायतका जाँच गर्न सकिन्छ । ’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.