
कृष्णसार अनलाइन । बर्दियाको मधुवन नगरपालिकाका विद्यार्थीलाई साइकल वितरण गरिएको छ । मधुवन नगरपालिका –१ मा रहेको त्रिभुवन माध्यामिक विद्यालयका विद्यार्थीलाई साइकलमा वितरण गरिएको हो ।
पालिकाले गत शैक्षिक सत्रमा सञ्चालन गरेको रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक विजेता हरिकला खड्का तथा कक्षा ५ की प्रथम विद्यार्थी वर्षा चौधरी र कक्षा ८ की प्रथम गायत्री प्याकुरेललाई साइकल वितरण गरिएको विद्यालय प्राधानाध्यापक इन्द्रबहादुर सुनारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ विद्यालय अध्ययनरत रहेर खेलकुद र पढाइमा उत्कृष्ट छात्रा विद्यार्थीलाई प्रोत्साहन गर्नका लागि वडा –१ को वडा कार्यालयको सहयोगमा साइकल वितरण गरिएको हो ।’

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पढाइ प्रति उत्प्रेरणा जगाउनका लागि वडा –१ का वडा अध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक मीन थापाले गरेको सहयोग गर्नु भएको विद्यालयका शिक्षक प्रभुराम चौधरीले बताउनु भयो ।


