
ज्ञानेन्द्रराज पोख्रेल, बढैयाताल । बढैयाताल गाउँपालिकाले युवालाई सीपमूलक तालिम दिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालिकाले ४० जना युवालाई प्लम्बर र इलेक्ट्रिसियन तालिम दिएको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पालिका मा १०० दिन रोजगारीको लागी आवेदन दिएका युवाहरू मध्येबाट २० जनालाई प्लम्बर र २० जना लाई इलेक्ट्रिसियन तालिम दिइएको जानकारी बढैयाताल रोजगार शाखा का प्रमुख भरत विकले दिनुभयो । उहाँले भन्नुभयो, ‘तालिमको सहजीकरण स्कल ट्रेनिङ एण्ड रिर्सच कन्सल्टेन्सी प्रालि नेपालगञ्जले गरेको थियो । भने तालिममा पालिका रहेका २६ जना महिला र १४ जना पुरुष सीपमुलक तालिम दिइएको हो ।’

शान्ति परियारले तालिम महत्वपूर्ण रहेको तर छोटो समय को भएको कारण निपूर्ण हुन नसकिएको हुँदा आगामी दिनहरूमा एडभान्स सम्मको तालिमको आवश्यकता भएको बताउनु भयो । उहाँले तालिममा सिकेको सीपलाई व्यवहारिक जीवनमा प्रयोग गरी आर्थिक आयआर्जनको काममा लाग्ने जानकारी दिनुभयो ।
तालिममा सहभागी हुने युवायुवतीहरूलाई समापन कार्यक्रमको आयोजना गरी प्रमाणपत्र दिइएको थियो ।


