bardiyahospital

खानेपानी टङ्की भएको ठाउँमा खानेपानीको अभाव

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया ।  खानेपानी टोलमा खानेपानी अभाव भन्ने सुन्दा अनौठो लाग्छ ।  यो वास्तविकता  बढैयाताल गाउँपालिका – ५ जगतपुर, बढैयाताल, नयाँ बस्ती र  खानेपानी टोलको हो । यहाँ खानेपानी टङ्की छ, तर खानेपानी छैन् । जसमा कारण यहाँ पानीको हाहाकार हुने गरेको छ । 

पानीको अभावमा हुँदा स्थानीयले निकै कष्टकर जीवन बिताउन बाध्य भएका छन् । खानेपानी टोलमा पानी नहुदाँ  खान पकाउन, नुहाउन, लुगा धुन, शौचालय जान समेत समस्या भएको छ । स्थानीय घरमा रहेको चापकल मा हेन्डपम्पमा समेत पानी आउँदैन

cld

खानेपानी टोलकी किशोरी थारूले  वर्षादेखि पानीको समस्या भोग्दै आएको भएको पनि खानेपानी व्यवस्थापन गर्नका लागि कहिँकतैबाट पहल नभएको बताउनु भयो ।  उहाँले भन्नुभयो,‘ यहाँ ठूला ठूला माछा पोखरीहरू छन् । ती पोखरीमा पानी भर्न समर सेबल बोरिङ जडान गरिएको छ । समर सेल बोरिङबाट पानी आए पनि घरमा रहेको धारा पानी आउँदैन । हामीले पानीको समस्या भोग्दै आएका छौ । सरोकारवाला निकाय कसैको पनि ध्यान गएको छैन् । काकाकुल भएर अझै कति बस्नुपर्ने हो ।’

बढैयाताल गाउँपालिका –५ जगतियालाई माछा जोनको रुपमा विकास गरी स्थानीय आर्थिक अवस्थामा सुधार ल्याउनका लागि सरकारले माछा पालनमा लगानी गरेको छ । तर त्यहीँ माछा पालन स्थानीयका लागि समस्या बन्दै गएको छ । माछा पालनका लागि खनिएको पोखरीमा पानी हाल्दा स्थानीयको धारामा पानी आउन छोडेको छ । खानेपानी टोलमा खानेपानीको गम्भीर अभाव भएको छ । माछा बचाउन पानीको व्यवस्था गरिन्छ तर मानिसका लागि पानीको समस्या हुँदा पनि सरोकारवाला निकाय बेखबर छ । 

बढैयाताल गाउँपालिका –५ का वडा अध्यक्ष तुलाराम चौधरीले जगतपुर बढैयाताल  नयाँ बस्तीमा गरी करिब २ सय घरधुरीका रहेको चापाकल (हेन्डपम्प) बाट पानी नआउने समस्या रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ करिब २ सय घर मध्ये एक सय घरको हेन्डपम्पमा पानी नै आउँदैन । पानीको समस्या लागि वडाको बजेटले नपुग्ने भएकोले सरोकारवाला अन्य निकायसँग माग गर्दा सुनुवाइ भएको छैन् । २ वर्ष अगाडि टङ्की निर्माणको काम सम्पन्न भएपनि टङ्की सञ्चालनमा आउन सकेको छैन् ।’ 

वडा सदस्य तुलसी घर्तीमगरले खानेपानी टङ्की निर्माण भएर सञ्चालन नसक्दा राज्यको लगानी बालुवामा पानीझैँ भएको  बताउनु भयो ।  उहाँले भन्नभयो, ‘ एकतिर राज्यको लगानी खेर गइरहेको छ , भने अर्कोतिर स्थानीयलाई पानी खान नपाएर काकाकुल बन्नु परेको छ ।  वर्षौदेखि खानेपानीको आसका बसेका स्थानीयले सहज रुपमा पाउने कुरामा अझै नि शंका रहेको छ । ’

खानेपानीको अभाव भएपछि स्थानीय बसाइँसराई गरेर जाने सम्भावना समेत बढेको छ । 

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.