bardiyahospital

नरभक्षी चितुवा खोरमा 

Geruwa GIF

प्रकाश पौडेल , गुलरिया । बर्दियामा नरभक्षी  चितुवा खोरमा परेको छ । बर्दियाको गुलरिया नगरपालिका –५ बालापुरमा राखेको खोरमा नरभक्षी चितुवा परेको हो ।

गत बुधवार बिहान शौचालय गएर फर्किने क्रममा चितुवाको आक्रमणबाट ६ वर्षीया सायरा चौधरीको मृत्यु भएको थियो । भने बैशाख १५ गते गुलरिया नगरपालिका –६ डम्पिङ साइडमा ९ वर्षीया बालिका मेलिना खड्को समेत मृत्यु भएको थियो । भने अन्य दुई जनालाई चितुवाले आक्रमण गरि घाइते बनाएको थियो ।  गुलरियामा चितुवाको आक्रमण बढ्दै गएपछि गत बुधवार चितुवा पक्राउ गर्नुपर्ने माग सहित जिल्ला प्रशासन कार्यालय एक घण्टा सडक अवरुद्ध समेत गरेका थिए । त्यसपछि  चितुवा समाउन जिल्ला प्रशासन कार्यालय सहजीकरण गरी बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयबाट हाती ल्याएर खोजी कार्य थालिएको थियो ।

cld

बर्दिया राष्ट्रिय निकुञ्जमा वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले आज बिहान चितुवा पक्रनका लागि खोरमा चितुवा परेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘ खोरमा परेका चितुवालाई अहिले डिभिजन वन कार्यालयमा राखिएको छ । चितुवाको व्यवस्थापन कसरी गर्ने भन्ने सल्लाह हुन बाँकी रहेको छ ।’

online dubble sclaed
Leave A Reply

Your email address will not be published.