bardiyahospital

करेन्ट लागेर दुईजनाको मृत्यु

करेन्ट लागेर चार वर्षमा ३७ जनाको मृत्यु

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । बाँसगढी नगरपालिका –९ माछागढका ५७ वर्षीय राजेन्द्रजंग शाह र  गुलरिया नगरपालिका – १२ भैसाहीका २१ वर्षीय वीरेन्द्र थारुको करेन्ट लागेर आइतबार मृत्यु भएको हो ।

घरनजिकै रहेको धानको बीउमा पानी सिँचाइ गर्ने क्रममा शाहलाई आइतबार बिहान ७ बजेतिर करेन्ट लागेको थियो । घाइते भएका शाहलाई उपचारका लागि तत्काल मेडिकल कलेज कोहलपुर लगिएको थियो । उपचारका क्रममा बिहान ८ बजे शाहलाई चिकित्सकले मृत घोषणा गरेका थिए । 

cld

यस्तै, बढैयाताल गाउँपालिका –९ कान्तिपुरस्थित भीमबहादुर दर्जीको घर बनाउने क्रममा शनिबार पौने ४ बजे थारूलाई करेन्ट लागेको थियो । रड सिधा गर्ने क्रममा बिजुलीको तारमा छुँदा करेन्ट लागेर थारू घाइते भएका थिए । घाइते थारूलाई उपचारका लागि बर्दिया अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले जानकारी दिनुभयो ।

पछिल्लो समयमा बर्दियामा करेन्ट लागेर मृत्यु हुनेको संख्या बढ्दै गइरहेको  छ । करेन्ट चुहावट भएर, विद्युत सर्ट भएर, व्यक्तिगत  असावधानी लगाएको कारणले  करेन्ट लागेर मृत्यु हुने गरेको छ । चालू आर्थिक वर्ष  ०८१/०८२ को २५ जेठसम्म सात जनाको मृत्यु भएको छ । आर्थिक वर्ष ०८०/०८१ मा ९ जनाको र आर्थिक वर्ष ०७९/०८० मा १२ जनाको, आर्थिक वर्ष ०७८/०७९ मा नौ जनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.