bardiyahospital

लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

Geruwa GIF

कृष्णसार अनलाइन । प्रहरीले बर्दियाको मधुवन नगरपालिका–७, गोपाल चोकबाट अवैध लागुऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ। २५० मिलिग्राम ब्राउन सुगरसहित उनीहरूलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।

गोपालचोक एरिया गस्ती गर्ने क्रममा प्रहरीले मधुवन नगरपालिका –७ का २२ वर्षीय डिलबहादुर बस्नेत र मधुवन नगरपालिका–५ का २२ वर्षीय झलक डाँगीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब प्रहरी उपरीक्षक चक्रबहादुर डम्बरपालले जानकारी दिनुभयो ।

cld

पक्राउ परेको दुवैजनालाई आइतबार अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय ढोढरीमा राखी अनुसन्धान भइरहेको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.