
प्रकाश पौडेल, गुलरिया प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिकाबाट अवैध लागूऔषध ब्राउन सुगर सहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले ब्राउन सुगर सहित मधुवन नगरपालिका, ७ का २६ वर्षीय सुरज सुनार, २७ वर्षीय समित बिक र बाँके बैजनाथ गाउँपालिका, ४ का २२ वर्षीय पारस थारूलाई आइतबार पक्राउ गरेको हो ।
प्रहरीले कण्ठपुरमा गस्ती गर्ने क्रममा बाग्मती प्रदेश ०२०५५ प ७८५१ मोटर साइकल चालक सुनार र मोटरसाइकलमा बसेका वि.कबाट १ ग्राम २२० मिलिग्राम लागूऔषध ब्राउन सुगर तथा थारूको साथबाट १ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब प्रहरी उपरीक्षक चक्रबहादुर डम्बरपालले बताउनु भयो ।।

पक्राउ परेको तीनै जनालाई सोमबार अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय मैनापोखरमा राखी अनुसन्धान भइरहेको छ ।


