bardiyahospital

बाँसगढी नगरपालिकामा देशकै पहिलो डिजिटल सेवा सुरु

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बाँसगढी नगरपालिकाले डिजिटल सेवा सुरु गरेको छ। पालिकाले प्रदान गर्ने सेवासुविधालाई अनलाइनबाट दिनका लागि डिजिटल सेवा सुरु गरेको हो। नगरप्रमुख खड्कबहादुर खड्काले  सोमबार नगरसभामा औपचारिक रूपमा डिजिटल पालिका उद्‌घाटन गरेका हुन्। डिजिटल पालिकाको उद्‌घाटन भएसँगै पालिकाले  प्रदान गर्ने सेवा अनलाइनबाट लिन सकिनेछ। 

पालिकाका नगरप्रमुख  खड्काले पालिकाले सुरु गरेको सेवा देशभरमै पहिलो भएको बताउनु भयो । । उहाँले भन्नुभयो, ‘डिजिटल सेवा सुरुवात भएसँगै अब स्थानीयले सेवा लिन पालिका आउनु पर्दैन। पालिकाले दिने सेवा देश विदेश जहाँबाट पनि लिन सकिन्छ।

cld

पालिकाले प्रदान गर्ने सिफारिस लिनका लागि अब वडा कार्यालयले आउनु नपर्ने  सूचना तथा प्रविधि शाखा प्रमुख क्षितिज पौडेलले बताउनु भयो । ।उहाँले भन्नुभयो, पालिका प्रदान गर्ने अब अनलाइनबाट लिन सकिनेछ। त्यसका लागि digital.bansgadhimun.gov.np डिजिटल Web  बाट सो सेवा लिन सकिन्छ। पालिका प्रदान गर्ने सेवा घरमा बसीबसी २४ घण्टा लिन सकिनेछ। बाँसगढी नगरपालिका देशको पहिलो डिजिटल सेवा दिने पालिका बन्नसमेत सफल भएको छ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.