bardiyahospital

मानव अधिकार एलायन्सको अध्यक्षमा जि.सी.

Geruwa GIF

प्रकाश पौडेल
बर्दिया ।
राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) बर्दियाको अध्यक्षमा केशव जि.सी चयन हुनु भएको छ । बर्दियाको गुलरियामा सम्पन्न भएको चौथो जिल्ला अधिवेशनले जि.सी.को नेतृत्व एघार सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत् चयन गरिएको हो ।


एलायन्सको उपाध्यक्षमा हिमा सुनार, सचिवमा दल बहादुर सुनार, कोषाध्यक्षमा यज्ञ प्रसाद सापकोटा चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा नारायण लम्साल ,कृष्णप्रसाद पाठक , गोमा पौडेल, चिन्तामणि कडेल, बिन्दु जि.सी, बिष्णी चौधरी चयन हुनुभएको छ । एलायन्सको सल्लाहकारहरुमा बरिष्ठ अधिवक्ता नरेन्द्रकुमार शर्मा, अधिवक्ताहरु सोमनाथ शर्मा , यमलाल भाट ,जंग बहादुर खड्का चयन हुनुभएको छ ।

cld


जिल्ला अधिवेशनको पहिलो शत्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं नेकपा एमाले नेता बिष्ण प्रसाद भट्टराईले मानव अधिकारको क्षेत्रमा सक्रिय रही एलायन्सले मानव अधिकारको हकहितका लागि काम गर्दै आएको बताउनु भयो । अधिवेशनको सफलता शुभकामना व्यक्त गर्दै प्रमुख अतिथी भट्टराईले बर्दियाली जनताको मानवअधिकारको संरक्षणका लागि सम्बन्धीत निकायमा खबरदारी तथा वकालत गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा नेकपा एमालेका नेता अंगद श्रेष्ठ , वरिष्ठ अधिवक्ता पत्रकार लगाएतकाको उपस्थीती रहेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.