bardiyahospital

मधुवनमा सरकारी गाडी दुर्घटना

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाको मधुवन नगरपालिकामा सरकारी गाडी दुर्घटना भएको छ । मधुवन नगरपालिका, ८ कुसुम्बा बजारमा सामाजिक विकास डिभिजन कार्यालय प्यूठानको गाडी दुर्घटना भएको हो । 

आइतबार राति सवा ८ बजेतिर बि ए ए ०९३१ नम्बर सरकारी गाडी टिसियन फाँटामा रहेको छल्लुराम चौधरीको घरमा ठोकिएर थियो । गाडी ठोक्दिा गाडीमा दुइजना सवार रहेको थिए । गाडीमा सवार रहेका मध्ये  भृकुटी माध्यामिक विद्यालयमा चितले शिक्षक श्रीराम पौडेल सामाजिक विकास डिभिजन कार्यालय प्यूठानका कार्यालय प्रमुखका साथी हुन । भने गाडी सवारी चालक नारायण सुवेदीले नै चलाएका थिए । 

cld

सवारी दुर्घटना हुँदा मानवीय क्षति नभएको भए पनि गाडीमा क्षति भएको प्रहरीले जनाएको छ ।  सामाजिक विकास डिभिजन कार्यालय प्युठानका कार्यालय प्रमुख पुण्यप्रसाद न्यौपानेले कामको सिलसिला शुक्रबार नेपालगञ्जमा आएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ जुन कामको लागि नेपालगञ्ज आएको थियो, त्यो काम नसकिएपछि दाइसँग भेटघाट गर्न बर्दिया आएको थिए । आइतबार पानी परेको हुँदा सोमबार बिहानै जाउँला भन्ने सल्लाह भएको थियो । साँझ  सवारी चालकले गाडी नसोधेर लिएर गएको रैछ ।’ 

गाडीमा सवार रहेको पौडेल र सवारी चालक सुवेदीले दुवै जनाले मादक पदार्थ सेवन गरेको प्रहरीको अनुमान रहेको छ ।  । भने राती नै दुवैजनालाई इलाका प्रहरी कार्यालय ढोढरीमा लगिएको थियो । गाडीको अगाडिको भाग र पछाडिको भागमा कुच्चिएको छ । जिल्ला प्रशासन कार्यालयले प्युठानमा साउन २१ गतेसम्मका लागि पास जारी दिएको छ ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.