
कृष्णसार अनलाइन । नेपाल पूर्व प्रहरी दिवसको अवसरमा वृक्षारोपण तथा सरसफाइ गरिएको छ । नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समितिको आयोजनामा वृक्षारोपण तथा सरसफाइ गरिएको हो ।
नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समितिका अध्यक्ष गौरीशङ्कर बस्नेतले नेपाल पूर्व प्रहरी दिवस पूर्व प्रहरीहरूका लागि विशेष दिन भएकोले गुलरियामा नगरपालिका, ५ मा रहेको सन्तोषी माताको मन्दिर परिसरमा वृक्षारोपण तथा सरसफाइ गरिएको बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘समाजमा हुने हरेक घटनामा प्रहरीले अग्र स्थानमा रहेर काम गरेको इतिहास छ । प्रहरी सेवाबाट अवकाश भएपछि पनि समाजमा प्रति हाम्रो दायित्व रहेकोले पनि नेपाल पूर्व प्रहरी प्रहरीको संगठन विभिन्न समयमा यस्तै कार्यक्रम गर्दै आएको छ ।’
सरसफाइ तथा वृक्षारोपण कार्यक्रममा सहभागी प्रहरी निरीक्षक भुपेन्द्र शाहीले पूर्व प्रहरी दिवसको शुभकामना दिर्दै जिल्ला कार्य समितिले गरेको कामको खुलेर प्रशंसा गर्नुभयो । उहाँले भन्नुभयो, ‘ पूर्व प्रहरी संगठनले गर्दै आएको कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पर्नेछ ।’
कार्यक्रम जनप्रतिनिधि, पूर्व प्रहरी, मन्दिर व्यवस्थापन समिति पदाधिकारी, स्थानीय र जिल्ला प्रहरी कार्यालयबाट सहभागी भएको प्रहरी रहेका थिए ।



