bardiyahospital

शिक्षा सुधारका लागि प्रधानाध्यापकलाई मोटरसाइकलदेखि थप भत्तासम्म

Geruwa GIF

कृष्णसार अनलाइन । ठाकुरबाबा नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षामा सुधारका लागि प्रधानाध्यापकको सेवा सुविधामा थप गरेको छ । पालिकाले प्रधानाध्यापकको मनोबल उच्च राख्नका लागि भन्दै संघिय सरकारले दिदैँ आएको आएको भत्तामा थप भत्ता र मोटरसाइकल दिएर सेवा सुविधा  थप गरेको हो ।

पालिकाले संघिय सरकारले उपलब्ध गराउँदै आएको प्रधानाध्यापकको माध्यामिक तहको भत्तामा छ सय प्रतिशत वृद्धि गरी मासिक तीन हजार रुपैयाँ , आधारभूत तहमा आठ सय ३३ प्रतिशत वृद्धि गरी २५ सय रुपैयाँ, प्राथमिक तहमा एक हजार प्रतिशत वृद्धि गरी दुई हजार रुपैयाँ प्रधानाध्यापकलाई भत्ता गर्ने निर्णय भएको पालिकाका नगरप्रमुख तिलकराम लम्सालले बताउनु भयो । प्रधानाध्यपकलाई दिइने थप सेवा सुविधाले कुशल नेतृत्व र जबाफदेहिता अभिवृद्धि हुने पालिकाले विश्वास लिएको उहाँले बताउनु भयो । 

cld

प्रधानाध्यापकबाट विद्यालयमा नवप्रवर्तनात्मक कार्य गर्न रु ६ लाख बजेट प्रस्ताव गरी सो को कार्यान्वयनका लागी विद्यालयहरूबाट प्रस्तावना माग गर्ने निर्णय समेत गरिएको उपप्रमुख बिना भट्टराई बताउनु भयो  । उहाँले भन्नुभयो, ‘यसरी सृजनात्मक एवं नवप्रवर्तनात्मक कार्य गर्नका लागि विद्यालयहरूले बजेट तथा अन्य आवश्यक सहायता प्राप्त गर्ने छन्। जसले नविनतम् पद्धतिको अवलम्बन गर्दै, समग्र  शिक्षाको गुणस्तर वृद्धि गर्नमा अहम् भूमिका खेल्ने विश्वास लिएका छौँ ।’

पालिकाभित्र रहेका नौ वटा माध्यामिक विद्यालयका प्रधानाध्यापकलाई यस अघि पालिकाले सेतो प्लेटको मोटरसाइकल दिएको थियो । पालिकाले शैक्षिक वर्ष २०८१ मा जनप्रतिनिधि  र कर्मचारी शिक्षकको छोराछोरीले अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निती ल्याएको थियो । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.