
कृष्णसार अनलाइन । बर्दियाको ठाकुरबाबा नगरपालिकाले द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई जीवन निर्वाह भत्ता दिन थालेको छ । पालिकाले द्वन्द्वकालका बेपत्ता पारिएका व्यक्तिका श्रीमतीलाई मासिक दुई हजार पाँच सय रुपैयाँ मासिक जीवन निर्वाह भत्ता दिन थालेको छ ।
बेपत्ता पारिएका व्यक्तिको श्रीमतीले बिधुवा भत्ता नपाउने हुँदा पालिकाले नीतिगत व्यवस्था गरेर बेपत्ता व्यक्तिको श्रीमतीलाई मासिक भत्ता दिने थालेको हो । पालिकाले अहिले ८ जना महिलालाई मासिक भत्ता दिन सुरु गरेको पालिकाकी उपप्रमुख बिना भट्टराईले बताउनु भयो । पालिकाले दिइएको मासिक भत्ताले द्वन्द्वकाल श्रीमान गुमाएका महिलालाई परिवारलाई घर चलाउन थोरै भएपनि सहज हुने विश्वास लिएको धारणा व्यक्त गर्नुभयो ।
बर्दियामा द्वन्द्वकालमा सबैभन्दा बढी प्रभावित जिल्ला हो । बेपत्ता तथा छानबिन आयोगमा दुई ६१ जना बेपत्ता पारिएको भनी उजुरी परेको छ । भने बर्दियाको राजापुर नगरपालिकाले १५ जनालाई बेपत्ता पारिएको व्यक्तिको श्रीमतीलाई मासिक दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिदैँ आएको छ ।


