bardiyahospital

गेरुवामा बिग बोल्डर ( ठूला ढुङ्गा ) बाट तटबन्ध निर्माण

Geruwa GIF

कृष्णसार अनलाइन । कर्णाली नदीको बहावले  गेरुवा गाउँपालिका –२ बनघुस्रामा तटबन्धन भत्किएको स्थानमा बिग बोल्डर ( ठूला ढुङ्गा ) को प्रयोग गरी तटबन्ध निर्माण थालिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरले तटबन्धन भत्किएको स्थानमा बिग बोल्डर ( ठूला ढुङ्गा ) ले तटबन्ध निर्माण थालिएको छ ।

सोमबार स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी दिनभर काम गरेको स्थानमा आज आयोजना बिग बोल्डर ( ठूला ढुङ्गा )  प्रयोग गरी कटान रोक्ने काम थालिएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना राजापुरका प्रमुख सुदिन मोक्तानले बताउनु भयो । उहाँले भन्नुभयो, ‘नदीले कटान गरको ठाउँमा आपत कालीन तटबन्ध निर्माणका लागि कैलालीबाट बिग बोल्डर ( ठूला ढुङ्गा ) ल्याइएको छ । बिग बोल्डर पर्याप्त मात्रामा पाइएका २÷३ दिनमा कटान भएको ठाउँमा बचाउन सकिन्छ ।’

cld

कर्णाली नदीमा पानीको सतह बढेसँगै बनघुस्रा कटान भएको ठाउँमा रोकथाम गर्न नसकेमा गेरुवा गाउँपालिका, २ र ३ वडाका बनघुस्रा, बनकट्टी, सनकट्टी, हिमालीपुर मुगहवा टिकुलीगढ, लोहारपुर र  राजापुर नगरपालिका १ को दौलतपुर जोखिममा रहेको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.