bardiyahospital

मनाङमा कात्तिक १७ गते हुने उपनिर्वाचनको कार्यतालिका सार्वजनिक 

Geruwa GIF

कृष्णसार अनलाइन । निर्वाचन आयोग नेपालले मनाङमा प्रदेश सभा सदस्यका लागि हुने उपनिर्वाचनको कार्यतालिका  सार्वजनिक गरेको छ । निर्वाचन आयोग नेपालले आगामी कात्तिक १७ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र नं.२ को लागि उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

 

cld

आयोगले  उम्मेदवारको मनोनयन दर्ता असोज २१ गते बिहान १० बजेदेखि बेलुका ५ बजेको समय तोकेको छ । आयोगले सोही दिन बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।आयोगले सार्वजनिक गरेको  सूची विरुद्ध उजुरी दिने समय असोज २२ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ । भने उजुरी र मनोनयनपत्र जाँचबुझ तथा निर्णय असोज २२ को दिउँसो ३ बजेदेखि असोज २३ गते बेलुका ५ बजेसम्म सम्पन्न हुने आयोगले जनाएको छ । 

 

आयोगका अनुसार  असोज २३ गते  उम्मेदवारको नामावली प्रकाशित गरिनेछ । असोज २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । भने सोही दिन दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न दिने आयोगको तयारी रहेको छ ।मतदान कात्तिक १७ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुन आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो । 


प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले उम्मेदवारी दिन नपाउने कानुनी व्यवस्था रहेको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.