bardiyahospital

बर्दियामा करेन्ट लागेर एकजनाको मृत्यु 

Geruwa GIF

कृष्णसार अनलाइन ।  बर्दियामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। गुलरिया नगरपालिका –११, डल्लागाउँ ४२ वर्षीय राजु यादवको शुक्रबार करेन्ट लागेर मृत्यु भएको हो । 

घरमा ग्रिलको काम गरिरहेका यादवलाई दिउँसो करिब ३ बजेको समयमा करेन्ट लागेको थियो। करेन्ट लागेपछि यादवलाई उपचारका लागि बर्दिया अस्पताल गुलरिया लगिएको थियो। उपचारका लागि ल्याइएका यादवको अस्पताल पुग्नुभन्दा पहिला नै मृत्यु भइसकेको अस्पतालका मेडिकल अधिकृत डाक्टर भरत भण्डारीले  जानकारी दिनुभयो ।

cld

मृतकको  पोस्टमार्टम शुक्रबार भएको अस्पतालका मेडिकल रेकर्डर  केशव न्यौपानेले बताउनु भयो ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.