विषम र भयपूर्ण परिस्थितिमा शान्तिपूर्ण निकास निकालेँ :- राष्ट्रपति पौडेल

कृष्णसार अनलाइन । राष्ट्रपति रामचन्द्र पौडेलले देशको विषम र भयपूर्ण परिस्थितिमा कठिन प्रयत्न पश्चात शान्तिपूर्ण निकास निकालेको बताउनु भएको छ ।
राष्ट्रपति पौडेलले शनिबार विज्ञप्ति एक जारी गर्दै भन्नुभएको छ, ‘संविधान, संसदीय प्रणाली बचेको र संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको छ । ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी अझ उन्नत लोकतन्त्रको बाटोमा अघि बढ्न जनताले अवसर पाएका छन् ।’

आगामी फागुन तेस्रो साताका लागि तय गरिएको प्रतिनिधिसभा चुनावमा सहयोग गर्न समेत राष्ट्रपति पौडेलले अपिल आग्रह गर्नु भएको छ । उहाँले भन्नुभएको छ, ‘बडो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउने र आफैँमा सम्हालिदै आगामी फागुन २१ गते हुने चुनाव सम्पन्न गराउने काममा सहयोग गर्न म सबै पक्षलाई हार्दिक अपिल गर्दछु ।’


