bardiyahospital

चितुवालाई नियन्त्रणमा लिनुपर्ने माग  गर्दै स्थानीय गरे प्रदर्शन

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियामा नरभक्षी  चितुवा नियन्त्रणमा लिनुपर्ने माग गर्दै स्थानीयले प्रदर्शन गरेको  छन् । जिल्ला प्रशासन कार्यालयले अगाडि नरभक्षी  चितुवालाई नियन्त्रणमा लिनुपर्ने माग राख्दै  स्थानीयले प्रदर्शन गरेको हुन ।

बिहान चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका ,१२ कि ३६ वर्षीय कविता तामाङ रानाको मृत्यु भएपछि स्थानीय आक्रोशित स्थानीयले प्रशासन अगाडि प्रदर्शन गरेको थिए ।

cld

सोही स्थानमा एक महिना अगाडि साउन ३० गते जगतरानी थारूको मृत्यु भएको थियो । गाउँमा  दिनहुँ जस्तो देखिन थालेपछि स्थानीयले पटक पटक चितुवा नियन्त्रण हुनुपर्ने माग  राख्दै  आएका छन् । एक महिना अगाडि नै डिभिजन वन कार्यालयले पनि चितुवा नियन्त्रण गर्नका लागि क्रेच  राखेको भएपनि चितुवा क्रेचमा परेको छैन ।

 सामुदायिक वनबाट दिनहुँ जस्तो चितुवा समुदायमा आएर  धनजन क्षति  गर्न थालेपछी  चितुवा नियन्त्रण लिनुपर्ने माग  राख्दै  जिल्ला प्रशासन कार्यालय आएको गुलरिया नगरपालिका , १२ का विष्णुहरि बूढाक्षेत्रीले  बताउनु भयो । 

चितुवा नियन्त्रण गर्नका लागि प्राविधिक सहित आवश्यक  जनशक्ति परिचालन गर्ने स्थानीयसँग  सहमति भएको  जिल्ला प्रशासन कार्यालयले  जनाएको छ ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.