
कृष्णसार अनलाइन । बर्दियाको गेरुवा गाउँपालिकामा मानव वन्यजन्तुको सहअस्तित्व कायम गर्नका लागि सचेतना मूलक कार्यक्रम गरिएको छ । ठाकुरद्वारामा रहेको नेपाली सेनाको जबर जंग गणको आयोजनामा मानव वन्यजन्तु सहअस्तित्व कायम गर्नका लागि सचेतना मूलक कार्यक्रम गरिएको हो ।
विशेष गरी निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा नेपाली सेनाले रचनात्मक गतिविधि गर्दै आएको छ । निकुञ्जसँग जोडिएको स्थानमा हुने चोरी सिकारी, निकुञ्जभित्र हुने अवैध गतिविधि र निकुञ्जको सुरक्षामा नेपाली सेना निरन्तर रुपमा काम गर्दै आएको छ ।


बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाको पाताभारमा नेपाली सेनाले मानव वन्यजन्तु सहअस्तित्व कायम गर्नका लागि वन्यजन्तुबाट बच्ने उपायको बारेमा सचेतना मूलक कार्यक्रम गरिएको मध्यवर्ती क्षेत्रमा अध्यक्ष हेमन्त आचार्यले बताउनु भयो । उहाँले भन्नुभयो, ‘ पछिल्लो समय गेरुवा गाउँपालिकामा मानव वन्यजन्तु द्वन्द देखिन थालेको छ । त्यसलाई रोक्न युवालाई सचेत बनाउन नेपाली सेनाले सचेतना मूलक कार्यक्रम गरेको हो ।’

जबर जंग गणका गणपति प्रमुख सेनानी दिपेन्द्र शाहीले नेपाली सेनामा भर्ती हुनका लागि आवश्यक पर्ने योग्यता, शारीरिक परीक्षणको बारेमा स्थानीय युवालाई जानकारी र नमुना अभ्यास गराइएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ नेपाली सेनाले समुदायसँग निरन्तर रुपमा सहकार्य गरेर वन्यजन्तु संरक्षणका लागि काम गर्दै आएको छ । भने आज गेरुवा गाउँपालिकामा स्थानीय युवा र जबर जंग गणको नेपाली सेना बिच मैत्रीपूर्ण फुटबल खेल समेत गरिएको छ ।’

नेपाली सेनाले गेरुवा गाउँपालिका, १ जनकनगरमा कार्यक्रमको आयोजना गरेको थियो । भने कार्यक्रममा सहभागी रहेका युवायुवतीले नेपाली सेनामा छनौट हुनका लागि नमुना परीक्षणमा सहभागी भएको थिए ।




