
कृष्णसार अनलाइन । बर्दिया नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । गुलरिया नगरपालिका– २ संगमबस्तीका १२ वर्षीया निशानी थापा र दुर्गा शाही बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन ।
संगमबस्ती नजिकको बबई नदीमा दिउँसो २ बजेतिर पौडी खेल्न गएका बालिकाहरू नदीमा बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बेपत्ता भएकाहरूको स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी मिलेर खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्र मल्लले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बालिकाहरूको खोजी भइरहेको छ ।


