bardiyahospital

भारतबाट भन्सार छली ल्याइएका अवैध सामान बरामद 

Geruwa GIF

दलबहादुर सुनार ,बढैयाताल । बर्दियामा प्रहरीले भारतबाट भन्सार छली ल्याइएको अवैध सामान बरामद गरेको छ । प्रहरीले भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएका करिब ३ लाख ६७ हजार रुपैयाँ बराबरका अवैध सामान मंगलबार बरामद गरेको हो । 

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक देवेन्द्र कुमार मल्लले बाँसगढी नगरपालिका –१ रत्नराजमार्ग अन्तर्गत चेपाङ पुल नजिक असोज ६ गते  लुकाइ  माउन्टेन डिउ, चिनी, गोलमोल पानी पुडी र विभित्र प्रकारका कुर्तासुरुवाल लगायतका सामग्री फेला परेको जानकारी दिनुभयो ।   प्रहरी टोलीले फेला पारेको ती सामानको बजार मूल्य ३ लाख ६७ हजार ५२० रुपैयाँ रहेको अनुमान गरेको छ । बरामद सामग्री आवश्यक कारबाहीका लागि राजापुर भन्सार कार्यालय गुलरियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ  

online dubble sclaed
Leave A Reply

Your email address will not be published.