bardiyahospital

बर्दियामा बजार अनुगमन तीब्र, म्याद गुज्रिएको सामान नष्ट 

Geruwa GIF

कृष्णसार अनलाइन । चाडपर्व सुरु भएसँगै बर्दियामा बजार अनुगमन तीब्र बनाइएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाको अग्रसरतामा चाडपर्व सुरु भएसँगै बजार अनुगमन तीब्र बनाइएको हो । 

अन्य समयमा भन्दा चाडपर्वमा बढी व्यापार व्यवसाय हुन्छ ।गाउँ गाउँबाट मानिसहरू दशैँको लागि आवश्यक पर्ने सामान खरिद गर्न आँउछन् । यसअघिको चाडपर्वमा कतिपय व्यापारी म्याद गुज्रिएको बिक्रि गरेको पाइएको थियो । पहिला झै यसपटकको चाडपर्वमा म्याद गुज्रिएको र कमसल सामाग्री बिक्रीवितरण हुन नदिन प्रशासनले बजार अनुगमन बढाएको छ । कतिपय उपभोक्ताले सामान खरिद गर्दा बस्तुको मूल्य म्याद गुज्रिएको अवधि हेर्न जानेको छैनन् । जसले गर्दा अझै पनि उपभोक्ता ठगिन बाध्य छन् । 

cld

उपभोक्ताको अधिकारलाई ध्यानमा राखेर गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाको बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत विमल गुरुङले बताउनु भयो । उहाँले भन्नुभयो, ‘बजार अनुगमनको क्रममा म्याद गुज्रिएको चियापत्ती, मसला , प्याकेजिङ गरिएको खाने प्रतिबन्धित गुडका बिडी फेला परेको छ। अनुगमन गर्दा देखिएको कैफियतलाई सुधार गर्न आवश्यक निर्देशन दिइएको छ । भने अनुगमनका क्रममा फेला परेका म्याद नाघेका सामग्रीहरूलाई जलाई नष्ट गरिएको छ ।’

अनुगमनमा गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका प्रतिनिधि , घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख , करदाता सेवा कार्यालयका प्रतिनिधि , नेपाल प्रहरी व्यापार संघका प्रतिनिधि सहभागी रहेका थिए ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.