bardiyahospital

नि:शुल्क घरदेखि घाटसम्मका अभियन्ता :- वली 

Geruwa GIF

प्रकाश पौडेल गुलरिया । अरूले के गरे भनेर प्रश्न गर्नु भन्दा मैले के गरेर भनेर आत्मसमीक्षा गर्न जरूरी रहेछ । त्यहीँ आत्मसमीक्षा गर्ने चेतनाले प्रेरित भएर घरदेखि घाटसम्म अभियान सञ्चालन गरेको मधुवन नगरपालिका, ६ बुद्धनगरका  दुर्गा वली बताउनु हुन्छ ।

वलीले व्यक्तिगत लगानीमा नि: शुल्क घरदेखि घाटसम्म अभियान सञ्चालन गरेर धेरैलाई सहयोग गर्नु भएको छ । मधुवन नगरपालिकामा कसैको मृत्यु भएमा शवलाई घरबाट घाटसम्म लैजान वलीले आफ्नो गाडी प्रयोग गर्दै आउनु भएको छ ।

cld

 घरदैलोमा पुगेर शवलाई घरदेखि घाटसम्म लैजान पाउँदा आफूलाई आत्मसन्तुष्टि मिल्ने गरेको वली बताउनु  हुन्छ  । उहाँले भन्नुभयो , ‘ घरदेखि घाटसम्म अभियान सञ्चालन गरेको पनि साढे तीन वर्ष हुन लाग्यो । आजसम्म करिब साढे तीन सय शवलाई घरदेखि घाटसम्म पुर्याउने काम गरिएको छ । आफूले कमाएको केही रकम समाज सेवामा खर्च गर्नुपर्छ भन्ने लागेर यो अभियान सुरुवात गरेको हुँ । अन्य पालिकामा पनि यो अभियान सञ्चालन गर्ने चाहना थियो । तर सीमित स्रोत भएकोले चाहना हुदाँहुदै यो अभियान  मधुवन नगरपालिकाभित्र मात्र सञ्चालन गर्न सके ।’

देशभित्र रोजगारीको अवसर छैन् । देशभित्र रहेका कयौँ युवाहरू बेरोजगार छन् । जसले गर्दा आर्थिक आयआर्जनका लागि वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ ।भने केही युवाहरू उच्च शिक्षा हासिल गर्नका लागि अन्यत्र जाने क्रम पनि बढ्दो छ । त्यहीँ भएर गाउँघरमा युवाहरू र श्रम गर्ने जनशक्ति पाउन गाह्रो छ । गाउँ रित्तिएसँगै शव बोक्ने मलामी पाउन मुस्किल छ । यस्तो समयमा वलीले सञ्चालन गरेको अभियानबाट धेरैलाई फाइदा पुगेको छ ।

हरेक कुरामा फाइदा मात्र खोज्ने उपभोक्तावादी समाजमा वलीले सञ्चालन गर्नु भएको काम नाफामुखी नभए समाजसेवाबाट प्रेरित भएर गरिएको काम हो ।  विद्यार्थी जीवनबाट राजनीतिमा सक्रिय रहँदै आउनु भएका वली अहिले नेकपा एमाले बर्दियाको उपाध्यक्ष हुनुहुन्छ । नेताको रुपमा वलीलाई धेरैले चिने पनि घरदेखि घाटसम्मको अभियन्ताको रुपमा उहाँलाई कमैले चिनेका छन् । वलीले व्यक्तिगत लगानी सुरुवात गरेको कामबाट अहिले केही स्थानीय तहले सिको गरेको छन् । शव वाहन खरिद गरि सञ्चालन गरेको छन् ।

पालिकाले शव वाहन खरिद गरी सञ्चालन गरेको भएपनि आफूले सक्ने बेलासम्म यो अभियान चलाइरहने वलीले जानकारी दिनु भयो । उहाँले भन्नुभयो,  ‘मैले यो अभियान सञ्चालन गरेर आफूले सक्ने सहयोग गरेको हुँ । मैले गरेको काम हो भनेर स्थानीयले सम्झिदिए पुग्छ । आजसम्म मैले समाजमा  कमाएको धनसम्पती  यहीँ हो ।’

वलीले सञ्चालन गरेको अभियानबाट समुदायमा धेरै  फाइदा पुगेको छ । उहाँले नेपालगञ्ज, कोहलपुर, गुलरिया समेत शव ल्याउन सहयोग गर्नु भएको छ । हरेक काममा आलोचना गर्ने प्रवृति बढ्दै गएको छ । समाजमा राम्रो काम गर्नेलाई आलोचना भन्दा पनि प्रोत्साहन गर्न जरुरी रहेको छ ।  वलीले गरेको सञ्चालन गरेको निःशुल्क घरदेखि घाटसम्म अभियानलाई प्रोत्साहित गर्दै त्यसबाट प्रेरणा लिन सक्नुपर्छ ।  समाजमा केही गर्छु भन्नेहरूको लागि वली प्रेरणाको स्रोत हो भन्दा अनुपयुक्त नहोला । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.