bardiyahospital

बर्दियामा अझै रोकिएन बालविवाह

Geruwa GIF

प्रकाश पौडेल, गुलरिया । बर्दियामा बालविवाह अझै रोकिएको छैन् । बालविवाह न्यूनिकरणका लागि करोडौँ लगानी भएपनि बालविवाह अझै रोकिएको छैन।

बालविवाह न्यूनिकरणका लागि स्थानीय तह र स्थानीय तहसँग सहकार्य गरी विभिन्न संघसंस्थाले काम गर्दै आएका छन्।बालविवाह न्यूनिकरण लागि भन्दै संघसंस्थाले बालबालिका, अभिभावक बडघर, जनप्रतिनिधि, धर्म गुरुहरू, विद्यालय व्यवस्थापन समिती, शिक्षक लगायतका लगेर मंहग्रो होटलमा राखेर सेमिनार, गोष्ठी, तालिम गर्दै करोडौँ रकम खर्च गरेको छन्। यसरी करोडौँ खर्च गरेको भएका बालविवाह रोकिएको छैन। सरकारी तथा गैरसरकारी संस्थाले गरेको करोडौँको लगानी बालुवामा पानी जस्तै भएको छ। कानुनले २० वर्षका मुनिको विवाहलाई बालविवाह भनी प्रष्ट व्याख्या गरेको छ । तर पनि बालविवाह हुने क्रम रोकिएको छैन । 

cld

स्वास्थ्य कार्यालय बर्दियाको पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा बालविवाह न्यूनिकरणमा खासै सुधार भएको देखिदैन । २० वर्ष नपुग्दै सुत्केरी हुने, गर्भवती जाँच गर्ने, परिवार नियोजनको साधन प्रयोग गर्ने र गर्भपतन गर्नेको सङ्ख्या हेर्दा बालविवाहमा अझै रोकिएको छैन र  स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/०८२ मा दुई सय ८५ जना सुत्केरी भएका छन् । पहिलो पटक गर्भजाँच गर्ने छ सय ६९ जना रहेको छन् । परिवार नियोजनको साधन प्रयोग गर्ने दुई सय १२ जना रहेको छन् । ९० जनाले गर्भपतन गरेका छन् । आकस्मिक गर्भ निरोध पाँच  जना रहेको  पब्लिक हेल्थ नर्सिङ अधिकृत एवं सूचना अधिकारी पदमा कुमारी श्रेष्ठले बताउनु भयो ।

त्यसैगरी आर्थिक वर्ष २०८०/०८१ मा चार ९८ जना सुत्केरी भएका छन् । पहिलो पटक गर्भजाँच गर्ने सात सय ७५ जना रहेको छन् । परिवार नियोजनको साधन प्रयोग गर्ने तीन सय २१ जना रहेको छन् । ८२ जनाले गर्भपतन गरेका छन् भने आर्थिक वर्ष २०७९/०८० मा २० वर्ष मुनीका पाँच सय ७४ सुत्केरी भएका छन् । आठ सय ८८ जनाले पहिलो पटक गर्भवती जाँच गरेका छन् । भने चार सय ८७ जना परिवार नियोजनको साधन प्रयोग छन्।  ५९ जनाले गर्भ पतन गरेको  हेल्थ नर्सिङ अधिकृत एवं सूचना अधिकारी  श्रेष्ठले जानकारी दिनुभयो ।

बर्दिया अस्पताल गुलरियाका  स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर कृष्ण खनालले  सानो उमेरमा विवाह गर्दा महिलाहरूमा विभिन्न स्वास्थ्य समस्याहरू देखिने गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘ प्रजनन अंग परिपक्क नहुदाँ गर्भमा रहेको बच्चाको विकास नहुने, बच्चा खेर जाने, आमालाई लामो समय व्यथा लाग्ने, फिस्टुला हुने, प्रसुती हुँदा रक्तश्राव अत्याधिक हुने, आमा र बच्चाको ज्यान समेत जान सक्ने, यौन अंग बढी च्यातिने , अप्रेसन गर्नु पर्ने  र केहीमा मानसिक समस्या पनि देखिने हुन्छ ।’

नागरिक समाज सञ्जालकी संयोजक हिमा सुनारले बालविवाह गर्ने बालबालिकाको पृष्ठभूमि हेर्दा घरपरिवारमा कलह झै–झगडा हुने परिवार, आर्थिक अवस्था कमजोर भएका परिवारको  बालबालिका रहेको बताउनु भयो । उहाँले भन्नुभयो ,‘ बालविवाह रोक्नका लागि समाजका सबै तह र तप्का लाग्नुपर्र्छ । पछिल्लो समयमा हेर्ने हो, भने परिवारिक झैझडा, आर्थिक अभाव बाहेक देखासिकी  लहलहैमा लागेर पनि बालविवाह भइरहेको छ ।’

सरकारले सन् २०३० सम्म बालविवाह मुक्त देश बनाउने भनेर घोषण गरेको छ । तर अझै पनि समाजमा बालविवाह कायम रहेको छ । यसलाई रोक्नका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण नागरिक समाजकी संयोजक सुनारले बताउनु भयो । उहाँले भन्नुभयो,‘ स्थानीय तहले बालबिवाह न्यूनिकरणका लागि कार्यविधी बनाएको छ । त्यसको प्रभावकारी कार्यान्वयन गर्नुका साथै प्रत्येक छ महिनामा  भएका कामको समिक्षा गरी रणनिती योजना परिवर्तन गरी काम गर्न सके बालविवाह न्युनिकारण गर्न सकिन्छ ।’

बालबिवाह रोक्नका लागि जिल्लामा रहेको सरकारी कार्यालय तथा संघसंस्था एउटा साझा मञ्च निर्माण गरेर काम गर्ने बालबिवाह रोक्न सकिने  संयोजक सुनारले धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो , ‘ बालबिवाह गर्दा स्वास्थ्यमा पर्ने असर र बालविवाह गर्दा कस्तो सजाय हुन्छ भनेर बालबालिका सिकाउन आवश्यक रहेको छ । भने समाजका अगुवा र बडघरले पनि बालबिवाह रोक्न सक्रिय भएर लाग्नुपर्छ ।’

बर्दियामा बालबिवाह न्यूनिकरणका लागि दातुनिकायबाट रकम ल्याएर बालविवाह न्युनिरकण गर्ने भन्दै काम गर्ने संघसंस्था करिब एक दर्जन जति छन् ।संघसंस्थाले स्थानीय तहमा कानुन बनाउने काममा प्रत्यक्ष अप्रत्यक्ष सहयोगल समेत गरेका छन्। भने बालबिवाह न्यूनिकरणका लागि तंथ्याक संकलनदेखि बालविवाह मुक्त घोषणा पालिका संघसंस्थामा निर्भर रहेको छ । तर पनि बर्दियामा बालविवाह रोकिएको छैन् ।

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.