bardiyahospital

 जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु, ६ जना घाइते 

Geruwa GIF

कृष्णसार अनलाइन । सोलुखुम्बुमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । भने दुर्घटनामा परी ६ जना घाइते भएका छन्।

माप्य दुधकोसी –६ स्थित भीरकुनामा साँझ ६ः ३० बजेको समयमा बागमती प्रदेश ०१ ०३१ च ५९२४ नम्बरको जिप सडकबाट करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले बताउनु भयो । उहाँले भन्नुभयो, ‘गाडीमा सवार ११ मध्ये दुर्घटनामा तीनजनाको मृत्यु भएको छ, भने घाइते भएका ६ मध्ये तीनजनाको मध्यम र  दुईजनाको अवस्था सामान्य छ, चालकको अवस्था गम्भीर छ ’

cld

घाइतेहरूको स्वास्थ्य चौकी वाकुमा उपचार भइरहेको छ।’ अन्य दुईजना भने सकुशल छन्। मृतकहरूको सनाखत हुन नसकेको डीएसपी कुँवरले  जानकारी दिनुभयो ।

घाइतेहरूमा चालक श्रीध्वज राईसहित, गंगा राई, बस्तीकला राई, समया राई, सजना राई र उमेश राई हुनुहुन्छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.