bardiyahospital

एनपिएलमा सट्टाबाजी गराउन खोज्ने कार्यमा संलग्न दुई जना पक्राउ

Geruwa GIF

काठमाडौँ ।  एनपिएलमा सट्टाबाजी गराउन खोज्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा रानीमहल पानीपत बस्ने २८ वर्षीय दिल प्रित सिंह र भारत चण्डिगढ बस्ने बर्दिया बारबर्दिया नगरपालिका -८ मगरागडी घर भएकी २४ वर्षीया रेबिका सिंह ठकुरी रहेका छन् । 

क्रिकेट एशोसियसन अफ नेपालद्वारा मंसिर १ गते देखी मंसिर २७ गते सम्म सञ्चालन भइरहेको नेपाल प्रिमियर लिग ( एनपिएल ) दोस्रो संस्करणको क्रिकेट प्रतियोगितामा सहभागी खेलाडीहरूलाई स्पोन्सर गर्छौ भनी सामाजिक सञ्जाल ह्वाट्सएप र इन्स्टाग्राम मार्फत सम्पर्क गरी खेलको हारजितमा प्रभाव पार्न आर्थिक प्रलोभन देखाएको भन्ने सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दुईजनालाई  काठमाडौँ महानगरपालिका -२ लाजिम्पाटबाट पक्राउ गरेको हो । 

cld

पक्राउ परेकालाई  आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ । 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.