bardiyahospital

पूर्वराज्यमन्त्री विक सांसददेखि महाधिवेशन प्रतिनिधिसम्म दलित कोटामा

Geruwa GIF

कृष्णसार अनलाइन ।  नेकपा  एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा बर्दियाबाट केपी ओलीनिकट मानिएकी पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री  विमला विक दलित कोटामा महाधिवेशन प्रतिनिधि चयन हुनु भएको छ । 

दलित महिला कोटाबाट सांसद हुँदै मन्त्री भएकी विक महाधिवेशनमा केन्द्रीय सदस्य बन्नका  लागि दलित कोटाबाट महाधिवेशन प्रतिनिधि चयन हुनु भएको थियो १० औँ महाधिवेशनपछि विक पार्टीको निर्वाचन आयोग सदस्य समेत हुनु भएको थियो ।

cld

महाधिवेशन प्रतिनिधि हुन पूर्वराज्यमन्त्री विक, चन्द्रा विक,  जिती विक, बिरमा विकविवहा विकले उम्मेदवारी दिनु भएको थियो ।  जसमध्ये बिरमाविवहा पूर्वराज्यमन्त्री विकका दिदी हुनुहुन्छ । पार्टीभित्र दलित महिला कोटाबाट विकले अवसर पाउँदै आएको भए पनि महाधिवेशनमा जान समेत दलित कोटा ने रोज्नु भएको थियो । 

महाधिवेशनमा जान उम्मेदवारी दिएकी जिती विकले पार्टी नेताहरूले  विमला विक महाधिवेशनमा गएपछि केन्द्रीय सदस्य हुने सम्भावना छ भनेपछि महाधिवेशन जाने चाहना हुँदाहुँदै पनि आफूले छोडेको महाधिवेशनमा जानका लागि उम्मेदवारी दिएकी जिती विकले बताउनु भयो । 

पार्टीले महाधिवेशन प्रतिनिधिमा जान चाहने प्रतिनिधिको बिचबाट सहमतिका लागि एउटा कार्यदल गठन भएको नेकपा एमाले बर्दियाका निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,  ‘पार्टी कठिन अवस्था गुज्रिरहेको हुँदा महाधिवेशनमा जाँदा सहमतिमा जाने सहमति भएको थियो । त्यसका लागि उम्मेदवारी दिने नेताहरूबिच बनेको सहमतिमा एउटा कार्यदल गठन भएको थियो । कार्यदल गठन हुँदा एउटा सहमति भएको थियो । सहमतिअनुसार उम्मेदवारी दिने उम्मेदवारमध्ये कोही सम्पर्कमा र सहमतिका आधारमा महाधिवेशन प्रतिनिधि छान्ने अधिकार प्राप्त भएको थियो । त्यही अधिकारको प्रयोग गरेर कार्यदलले महाधिवेशन प्रतिनिधिमा जानका लागि प्रतिनिधिको नाम सिफारिस गरेको हो ।’

त्यसैगरी कार्यदलको सिफारिसमा महाधिवेशनमा प्रतिनिधि हुनेमा नेकपा एमाले बर्दियाका अध्यक्ष एवं कार्यदल सदस्य शालिकराम अधिकारी, नेकपा एमाले बर्दियाका निवर्तमान अध्यक्ष एवं कार्यदल सदस्य लालबहादुर श्रेष्ठ रहनु भएको छ । भने नेकपा एमाले बर्दियाका उपाध्यक्ष दुर्गा वली, सचिव पदम ढकाल, उपसचिव संगीता चौधरी, लुम्बिनी प्रदेश सदस्य धननारायण श्रेष्ठ र कृष्णा गुरुङ  रहनु हुनु भएको छ । 

यसैगरी, नेकपा एमाले सचिवालय सदस्य भरत धामी, जिल्ला कमिटी सचिवालय सदस्य  एवं बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारी, जिल्ला कमिटी सदस्य मेनका पोखरेल, राजकुमार चौधरी महाधिवेशन प्रतिनिधि छनोट हुन भएको छ । । जिल्ला स्तरको दलित क्षेत्रबाट भूपेन्द्र सेरला पनि दलित कोटामा महाधिवेशन प्रतिनिधि चयन भएको प्रतिनिधि सभा १ का निर्वाचन संयोजक नरेन्द्र कोइरालाले जानकारी दिनुभयो । 

कार्यदल संयोजकमा केन्द्रीय सदस्य लक्ष्मण ज्ञवाली, सदस्यमा केन्द्रीय सदस्य खड्कबहादुर खड्का, बर्दिया पार्टी अध्यक्ष शालिकराम अधिकारी र निवर्तमान अध्यक्ष लालबहादुर श्रेष्ठ रहनु भएको थियो । भने  कार्यदलको सिफारिसमा निर्वाचन मण्डलले शनिबार महाधिवेशनमा प्रतिनिधि जाने १५ जनाको नाम सार्वजनिक  गरेको थियो ।

online dubble sclaed
Leave A Reply

Your email address will not be published.