
प्रकाश पौडेल, गुलरिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर अपाङ्गता भएका विपन्न परिवार व्यक्तिलाई न्यानो कम्बल वितरण गरिएको छ । पालिकाभित्र रहेका ९ वटा वडाका एक सय २० पालिकामा अपाङ्गता भएका विपन्न परिवार व्यक्तिलाई न्यानो कम्बल वितरण गरिएको छ ।
प्रत्येक वर्ष डिसेम्बर ३ मा विश्वभर अपाङ्गता दिवस मनाउँदै आइएको छ । यस वर्ष ३४ औ अन्तर्राष्ट्रिय अपाङ्गता दिवश ‘ अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको सवर्धन’ भन्ने मूल नाराका साथ अपाङ्गता दिवस मनाएको छ ।

पालिकाले यस वर्ष अपाङ्गता दिवस अवसर पारेर अपाङ्गता व्यक्तिलाई न्यानो कम्बल र हाइजिन किट वितरण गरिएको महिला, बालबालिका तथा तथा समाजकल्याण उपशाखा प्रमुख गोगनसरा आचार्य बताउनु भयो । उहाँले भन्नुभयो, ‘ अपाङ्गता दिवस कै अवसर पारेर अपाङ्गता भएका बालबालिका कुर्ची दौड प्रतियोगिता, शैक्षिक सामाग्री वितरण गरिएको छ ।
ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख बिना भट्टराईले अपाङ्गता भएका व्यक्तिहरू प्रति समाजमा रहेका नकारात्मक भावनाहरूमा परिवर्तन ल्याई अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउने कार्यलाई प्राथमिकतामा राखेर पालिकाले काम गर्दै आएको बताउनु भयो ।
पालिकाले विभिन्न संघसंस्थाको सहयोगमा न्यानो कम्बल र हाइजिन किट वितरण गरेको थियो ।


