अन्तरिम सरकारको काम चुनाव गर्ने हो – नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व गृहमन्त्री डाक्टर रावल

कृष्णसार अनलाइन । अन्तरिम सरकारको काम चुनाव गर्ने भएकोले सरकारले चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण हुने पर्ने नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व गृहमन्त्री डाक्टर भीमबहादुर रावलले बताउनु भयो । बर्दियाको गुलरियामा भएको नेपाली कम्युनिष्ट पार्टीको पार्टी एकता सन्देश कार्यक्रममा सरकारले चुनाव निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण हुने पर्ने नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् पूर्व गृहमन्त्री डाक्टर भीमबहादुर रावलले बताउनु भएको हो ।
एकता सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘कुनै पनि व्यक्तिले मतदान गर्न जाँदा के होला कसो होला भन्ने सुनिश्चित हुनुपर्छ । हजारौं गोली गठाहरु अहिले पनि सरकारको नियन्त्रणमा आउन सकेका छैनन् । सयौँ कैदीबन्दीहरु अहिले पनि फरार छन् । सरकारका गृहमन्त्री के भन्नुहुन्छ भागेर गएका कैदीबन्दीलाई दलहरूले प्रयोग गर्दैनौ भनेर लेखेरै देउ रे । आफू गृहमन्त्री हुने अनि राजनीतिक दलले लेखेरै दिनुपर्यो रे । यस्तो कुनै पनि गृहमन्त्रीले भन्न मिल्दैन् । ’

उहाँले भन्नुभयो, ‘ म नेपाली कम्युनिष्ट पार्टीको यो एकता सभाबाट माग गर्न चाहन्छु, अन्तरिम सरकारका प्रधानमन्त्रीजी ती बन्दुकहरू तुरुन्त नियन्त्रणमा लिनुहोस् । ती गोली गठाहरु तुरुन्त नियन्त्रणमा लिनुहोस् । र निष्पक्ष चुनाब सुनिश्चित गर्नुहोस् नेपाली कम्युनिष्ट पार्टी र नेपाली जनता चुनाबमा जान तयार छ ।’


