bardiyahospital

बालविवाहको अवस्था सर्वेक्षण गर्न तीनदिने तालिम

Geruwa GIF

कृष्णसार अनलाइन । बर्दियाका तीन पालिकामा बालविवाहको  अवस्था बारेमा सर्वेक्षण गर्न ३१ जनालाई ३ दिने तालिम दिइएको छ । गुलरिया नगरपालिका , राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकामा बालविवाहको अवस्था बारेमा सर्वेक्षण गर्न ३१  जनालाई ३ दिने तालिम दिइएको हो ।

 तालिम सञ्चालन हुन पूर्व तालिममा सहभागीलाई तालिम अवधि हुने खर्च सार्वजनिक गरिएको थियो। तालिममा सहभागीले पाएको स्टेसनरी , खाजा, खाना, बसाइँ, यातायात बापत प्राप्त हुने रकम र सर्वेक्षण गर्दा पाइने सेवा सुविधाको बारेमा तालिम सुरू हुनुभन्दा पहिला जानकारी दिइएको थियो । कतिपय सङ्घसंस्थाले कार्यक्रम बजेट सार्वजनिक गर्न नचाहने पनि देखिन्छ । तर राधाकृष्ण थारू जनसेवा केन्द्रले सञ्चालन गरेको सशक्त बालिका परियोजनाले बजेट सार्वजनिक गरेर पारदर्शिता देखाएको छ । 

cld

गुलरियामा मंसिर २२ गतेबाट सुरु भएको तालिममा प्रत्येक पालिकाको प्रतिनिधित्व हुने गरी सम्बन्धी पालिकासँग सहकार्य गरेर ३१ जनालाई तालिम दिन लागिएको राधाकृष्ण थारू जनसेवा केन्द्र सशक्त बालिका परियोजनाका कार्यक्रम संयोजक मनोज पौडेलले जानकारी दिनुभयो। उहाँ भन्नुभयो , ” तालिममा सहभागी भएका सर्वेक्षणले मोबाइल एप्सबाट प्रत्येक घरमा गएर बालविवाहको अवस्था थाहा पाउन सर्वेक्षण गर्नुपर्छ । जसले गर्दा पालिकामा बालविवाह अवस्था कस्तो छ । थाहा पाउन सजिलो हुन्छ ।”

 

online dubble sclaed
Leave A Reply

Your email address will not be published.